Tuesday 21 May 2013

पूर्व सभासदको घाँटी काटेर विभत्स हत्या


सप्तरी, ७ जेठ । अज्ञात समूहले गएराति सप्तरीको कल्याणपुरमा पूर्व सभासद् मो सदरुल मियाँ हकको छुरा प्रहार गरी हत्या गरेका छन् । सप्तरीको कल्याणपुर गाविस-२ विसनपुर घर भएका ५० वर्षीय शदरुल मियाँ हकको गए राति हत्या गरिएको छ । पूर्व संविधानसभाको सभासद समेत रहेका हकलाई उनकै हुमा आयल ट्रेडर्समा घाँटी काटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला पारिएको थियो । राति नै उहाँको हत्या भए पनि यसबारे बिहानमात्र थाहा भएको स्थानीयवासीले बताएका छन् ।
पेटमा छुरा लागेका मियाँको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मियाँको हत्या कसले र किन गरिएको भन्नेबारे केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
घर नजिकै रहेको विवाह कार्यक्रममा सहभागी भई उहाँ गएराति १० बजे सुत्न भन्दै पेट्रोल पम्पको आवासीय भवनतर्फ लागेको बताइएको छ ।
उहाँ विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं ५ बाट स्वतन्त्रबाट सभासद्मा निर्वाचित हुनुभएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID