Friday 3 May 2013

अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने


अमेरिकामा यस्तो अभूतपूर्व शर्ट बनाइएको छ जो नधोइकन १ सय दिनसम्म लगातार लगाउँदा पनि फोहोर हुँदैन र इस्त्री लगाउनु नपर्ने भएको ले
लुगा धुन फुर्सद नभएका तथा जाँगर नचल्नेहरुका लागि खुसीको खबर छ ।
ऊनी सहितको उक्त शर्ट रिंकल फि्र अर्थात् नखुम्चिने र कडा परिश्रम पछि पनि यसबाट पसिनाको गन्ध पनि नआउने खालको रहेको दाबी उत्पादकको रहेको छ ।

अमेरिकी कम्पनी वुल एण्ड पि्रन्सका अनुसार यो धर्के शर्ट अघाउञ्जी लगाउँदा समेत खुम्चिँदैन, गन्ध आउँदैन । सधै धोएजस्तै फ्रेस देखिन्छ । कटनभन्दा ऊनी ६ गुणा खपाउ भएको र यसले मुज्जा तथा गन्ध समेत प्रतिरोध गर्ने भएकाले यसमा कुनै पनि रसायनको प्रयोग गर्नु नपर्ने दाबी उसको छ ।

निकै मीहिन ऊनीको धागोबाट बुनेर यो शर्ट तयार पारिएको छ । एउटा शर्टको मूल्य ९८ अमेरिकी डलर पर्ने बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID