Thursday 30 May 2013

कपालको पनि लिलामी

यदि तपाइँ २७ इन्च लामो भर्जिन केश को खोजीमा हुनुहुन्छ भने तपाइँको लागि खुसीको खबर छ । अमेरिकाकाको न्युयोर्कमा बस्ने एक २७ वर्षका पुरुषले आफ्नो २७ इन्चको कुमारी कपाल बेच्न लागेका छन् । क्रेइगलिष्ट वेबसाइट मार्फत उनले आफ्नो कपाल लिलामीमा राखेका छन् । शत प्रतिशत भर्जिन अर्थात् कुमारी रहेको उनको कपालको भाउ पनि उतिसारो चर्को छैन, मात्र ६ सय डलर । उनको दाबी छ की त्यो लामो तथा कालो कपाल चानचुने होइन विशेष भर्जिन हो ।

भर्जिन यो मानेमा की उनको कपाललाई जन्मेदेखि अहिलेसम्म कैँची तथा ब्लेड वा छुराले संसर्ग गर्न पाएको छैन । अर्थात् उनले जन्मेदेखि अहिलेसम्म कपाल काटेका छैनन् । न त मेहेन्दी वा कुनै रङ दलिएको छ, न त केमिकल नै हालिएको छ उनको कपालमा ।

कपाल निख्खर कालो छ, चम्किलो छ । उनले आफ्नो कपालमा कहिल्यैपनि ड्रायरको प्रयोग गरेका छैनन्, न कि कर्ली वा सिधा पार्ने कोसिस । सामान्य रुपमा नुहाउने र मज्जाले घाममा सुकाउने गर्छन् उनी आफ्नो कपाललाई । ती व्यक्तिको दाबी अर्को पनि छ कि उनले अहिलेसम्म मदिरा तथा अन्य नशालु पदार्थ सेवन गरेका छैनन् ।

उनले आफ्नो कपालको सुरुवाती मूल्य ६ सय डलर तोकेका भएपनि यसको बढाबढबाट मनग्गे पैसा पार्ने योजनामा छन् । मोटो रकमको अफर नआएसम्म कपाल नबेच्ने मनसायमा पनि छन् उनी । उनी भन्छन्, ‘कपाल किन्न चाहनेले सम्पर्क गर्नुहोस्, कपाल कहिले काट्ने ? कहाँ काट्ने तथा कसरी काट्ने ? भन्ने कुराको स्वतन्त्रता तपाइँलाई हुनेछ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID