Thursday 9 May 2013

रक्सीको गिलास ‘चस’ गरे फेसबुकमा साथी बन्ने

अब फेसबुकमा साथी बन्न रक्सीको गिलास ‘चस’ गरे पुग्ने 
अब फेसबुकमा साथी बनाउन फ्रेण्ड रिक्वेस्ट पठाइरहनु पर्दैन । मात्र सँगै बसेर मज्जाले बियर खाए पुग्छ । बियर पिउनुअघि बियरको गिलास चस गरे पुग्छ । गिलास ठोक्किने बित्तिकै तपाइँ त्यो रंगिलो मित्रसँग फेसबुकमा साथी बनिहाल्नुहुनेछ । हो ब्राजिलमा यस्तो बियर पिउने कप बड्डी कपको आविष्कार भएको छ जसले सँगै बसेर सुरुमा कप ठोक्काएर बियर पिउने पियक्कडहरुलाई सिधै फेसबुके साथी बनाइदिनेछ ।

बडवाइजर कम्पनीले बनाएको उक्त चमत्कारी कपमा कम्प्यटर चिप्स राखिएको छ । कपको पिँधमा राखिएको उक्त सेन्सरको नाम बम्प सेन्सर हो । त्यो सँगै क्यू आर कोड पनि राखिएको हुन्छ जसले बन्डवाइजर एप्लिकेसनमा काम गर्छ र तपाइँको कपलाई कपधारीको फेसबुक अकाउण्टसँग जोदिदिन्छ । जब यो कपमा बियर पिइरहेका हरुले एक अर्कामा कप जुधाउँछन् तब उनीहरुको फेसबुक अकाउण्टमा एकअर्काको फ्रेण्ड रिक्वेस्ट आफै गैहाल्छ ।

पियक्कडहरुलाई बियरको मज्जा सँगै सामाजिक संजालको माध्यमबाट पिउनेहरुको सर्कलमा रम्नका लागि यो फेसबुके कप निकै उपयोगी हुने ठानिएको छ । स्मरण रहोस् यसअघि पनि खानपान सम्बन्धि विभिन्न खाले एप्लिकेसन तथा उपकरण आएका थिए । ह्यापिल्याब्स कम्पनीहरुले बढि छिटो खाएमा मोबाइल फोनमा तरंग पठाएर कम खान सन्देश दिने उपकरण बनाएको थियो भने बेलायतमा एक कम्पनीले खानासँगै संगित सुन्न मिल्ने चम्चा बनाएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID