Thursday 30 May 2013

सुनको मूल्य चम्किन थाल्यो, बिहीबार २ सय बढेर कारोबार

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चम्किन थालेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार २ सय रुपैयाँ तोकेको छ । बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलाको ५० हजार ७ सय रुपैयाँमा करोबार भएको थियो ।

बिहीबार बजारमा तेजाबी सुन तोलाको ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको ५० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार २ सय रुपैयाँ बढेर ५० हजार ९ सय ५० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्यमा बिहीबार सामन्य बृद्धि भएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ६ रुपैयाँ बढेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य स्थिर रहेको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID