Saturday 25 May 2013

सिरहामा पाँच वर्षीया बालिका बलात्कृत

 सिरहाको सोनमती मझौरा–४ का पाँच वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सोनमती मझौरा–६ का ५० वर्षीय रुदल भनिने मोहम्मद इसुफ मियाँले जेठ ८ गते राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । खाना खाएर सुतेको बालिकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेको हो । सुतेको कोठामा आफू पुगेपछि बालिका अचेत अवस्थामा रहेको र शरीरबाट रगत बगेको देखेर तत्कालै छिमेकीलाई जम्मा पारेको बालिकाकी आमाले बताएकी छन् ।  छिमेकी जम्मा हुनथाले पछि आरोपित मियाँ फरार भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बालिकालाई जेठ ९ गते बिहान सामान्य उपचार गराएको र ठीक नभएपछि बिहीबार बेलुका लहान अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लहान अस्पतालले बालिकाको उपचार सम्भव नभएपछि बिपी प्रतिष्ठान धरान पठाएको अस्पतालले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID