Monday 27 May 2013

पोखराका बिभिन्न स्थानबाट २६ जना जुवाडे पक्राउ

 पोखराका बिभिन्न स्थानबाट जुवातास खेल्दै गरेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ लाख ५ सय रुपैयाँ सहित उनीहरु जुवाको खालबाट पक्राउ परेका हुन् । लेकसाइडको कोरियन थकाली रेष्टुरेण्टबाट १ लाख ६० हजारसहित ६ जना, पोखरा १२ चापापानीमा ६ हजार ५ सय रुपैयाँसहित ८ जना पक्राउ परेका हुन् ।

त्यसैगरी शान्तिनगर तथा नयाँबजार क्षेत्रबाट ३४ हजार रुपैयाँसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID