Saturday 25 May 2013

पत्रकार सम्मेलनमै महिलाले कपडा उतारेपछि…


दक्षिण क्यारोलिनास्थित एक हलमा पत्रकार सम्मेलन चलिरहेको समयमा एक महिलाले आफ्नो कपडा उतारेर निर्वस्त्र हुने प्रयत्न गरेकी छिन् । शिक्षा सम्बन्धी पत्रकार सम्मेलन चलिरहेको समयमा महिलाले आफ्नो कपडा उतारेर हलमा प्रवेश गर्ने प्रयास गरेपछि सम्मेलनलाई सम्बोधन गरिरहेका अतिथि र सुरक्षाकर्मी समेत अचम्ममा परेको समाचार सार्वजनिक भएको हो ।

स्थानीय एक टेलिभिजनले पत्रकार सम्मेलन चलिरहेकै बेला महिलाले आफ्नो ब्याग भूईंमा फालेर कपडा उतार्दै सम्मेलनको माझमा जाने प्रयत्न गरेकी बताएको जनाइएको छ । तर, महिला निर्वस्त्र हुनुअघि नै त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।

यु–ट्युवमा समेत उक्त दृष्य देख्न सकिन्छ । ३९ वर्षीया मोनिका डिक्सन नामक ती महिलाले त्यस्तो हरकत किन गरिन् भन्ने विषयमा भने केही खुल्न नसकेको जनाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID