Wednesday 15 May 2013

नेपालमा पाईयो संसारमा कतै नपाइएको वनस्पति

२ जेठ, काठमाण्डौं । संसारमा कतै दर्ता र नामकरण नभएको वनस्पतिको एउटा प्रजाति नेपालमा भेटिएको छ । स्थानीय भाषामा ‘बोधिचित्त’ भनिने उक्त वनस्पतिको वैज्ञानिक नाम राखन नेपाली वैज्ञानिकहरुले प्रक्रिया अघि बढाएका छन् ।

काभ्रेको तिमाल क्षेत्रमा केही वर्षयता बोधिचित्तको व्यावसायिक खेती भइरहेको छ । वैज्ञानिकहरुको लामो अध्ययनमा बोधिचित्तसँग विशेषता मिल्ने अर्को वनस्पति नभेटिएपछि वैज्ञानिक नामकरणका लागि अन्तर्राष्ट्रिय प्रक्रिया सुरु भएको हो । ‘यस्तो वनस्पति हामीले काभ्रेबाहेक अन्त कतै भेटेनौं,’ राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका प्रमुख वरिष्ठ वैज्ञानिक खेमराज भट्टराईले भने, ‘यो हाम्रै सम्पत्ति हो । वैज्ञानिक नाम पाएपछि अन्तर्राष्ट्रिय समुदायका लागि यो वनस्पति नेपालको नयाँ उपहार हुनेछ ।’

नेपाली वैज्ञानिकले ६ महिनाभन्दा लामो नियमित अनुसन्धान तथा स्थलगत अनुगमनपछि यो नौलो वनस्पति भएको निष्कर्ष निकाल्दै वनस्पतिसम्बन्धी विश्वप्रसिद्ध जर्नल ‘साइटोकिज’ मा प्रकाशनका लागि पठाइएको अन्नपूर्ण पोष्टमा खबर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID