Thursday 30 May 2013

इत्तिहाद एयरवेजले ल्यायो विशेष छुट अफर

१६ जेठ, काठमाडौं । इत्तिहाद एयरवेजले नेपाली ग्राहकहरुलाई लक्षित गरेर स्पेशल अफर ल्याएको छ । एयरवेजले बिजनेश क्लास उडान भर्ने नेपाली ग्राहकहरुलाई विशेष भाडा छुट प्रदान गर्ने भएको छ ।

सिमित अवधिका लागि ल्याइएको विशेष छुट प्रयोग गर्न ग्राहकहरुले जुन ३० तारिखसम्म टिकट बुकिङ गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । टिकट बुकिङ मे २६ तारिखदेखि सुरु भएको छ । टिकट बुकिङ गरेका ग्राहकहरुले अगस्त १ तारिखदेखि ३० सेप्टेम्वरसम्म उडान भरिसक्नुपर्ने छ । अन्यथा छुट उपलब्ध नहुने कम्पनीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID