Saturday 25 May 2013

नेपालमा थप चार विदेशी वायुसेवाले उडान भर्ने

१२ जेठ, काठमाण्डौं । विभिन्न मुलकुका गरी चारओटा वायुसेवा कम्पनीले नेपालमा उडान गर्न चासो देखाएका छन् । चासो देखाउने वायुसेवा कम्पनी र तिनको नेपालस्थिल जनरल सेल्स एजेण्ट -जीएसए) मार्फत उडानका लागि आवश्यक तयारीसमेत हुन थालेको सम्बद्ध संस्थाले जानकारी दिएका छन् । नेपालमा सीधा उडान गर्न चासो देखाउनेहरुमा टर्कीको टर्किस एयरलायन्स, संयुक्त अरब इमिरेट्सको यमिरेट्स एयर, श्रीलंकाको मिहिनलङ्का एयर र चीनको साङघाइ एयरलाइन्स रहेका छन् ।
त्यसमध्ये टर्किस एयरलाइन्सले नेपालमा सीधा उडान गर्न आवश्यक तयारीसमेत गरिसकेको सो एयरलायन्सको नेपालस्थित जीएसए कम्पनी जेनिथ ट्राभलका प्रबन्ध निदेृशक जय देवानले जानकारी दिएको अभियान दैनिकमा खबर छ । उनका अनुसार टर्किसले आगामी सेप्टेम्बर १ भदौ १६ देखि सीधा काठमाण्डौं उडान गर्ने तयारी गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID