Thursday 30 May 2013

अलैंचीको मूल्य हृवात्तै बढ्यो, प्रतिमन ५८ हजारमा कारोबार

१६ जेठ, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा केही समयदेखि अलैंचीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । गत चैत दोस्रो साता प्रतिमन (४० किलो) ३८ देखि ४२ हजार रुपैयाँसम्म कारोबार भएको अलैंचीको मूल्य अहिले ५८ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय अलैंचीको मूल्यमा उच्च बृद्धि हुँदै आएको छ ।

ताप्लेजुङ जिल्लाको मूख्य नगदेबालीको रुपमा रहेको अलैंचीको मूल्य गत चैतको अन्तिमबाट क्रमिक रुपमा बढ्दै आएको कृषकहरुले बताए । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्गबहादुर मोक्तानले बिहीबार बजारमा प्रतिमन ५८ हजार रुपियाँमा कारोबार भइरहेको बताउनुभाये । अलैंचीको मुख्य कारोबार हुने व्यापारिक केन्द्र झापाको विर्तामोडमा हाल प्रतिमन ५९ देखि ६० हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID