Saturday 25 May 2013

डाक्टरको कु कार्य, बिरामीको अश्लील भिडियो खिचेर बिहे गर्न डाक्टरको दबाब !

नर्भिक अस्पतालका हाडरोगसम्बन्धी डाक्टर राज राणाले दुई महिलाको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा प्रहरी र राष्ट्रिय महिला आयोगले अनुसन्धान सुरु गरेका छन् । उनलाई बिरामीको अश्लील भिडियो खिचेर एक चिकित्सकले महिलालाई ब्याकमेल गरेको आरोप लागेको छ ।

दुबै महिलाले औषधि खान दिएर बेहोस बनाई राणाले गोप्य भिडियो खिचेको आरोप लगाएका छन् । सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर राणाले यौनसम्पर्क तथा बिहेको दबाब दिएको पीडितले प्रहरी र राष्ट्रिय महिला आयोगमा उजुरी दिएका हुन् ।

राणा विरुद्ध उजुरी दिनेमध्ये एक विवाहित र अर्की महिला अविवाहित भएको महिला आयोग स्रोतले बतायो । विवाहित महिलाको घटना प्रहरीले मिलापत्र गराएको छ । राष्ट्रिय महिला आयोगले भने दुवै उजुरीमाथि छानविन गरिरहेको नयाँ पत्रिकामा खबर छ । ‘घटनाबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन हामीले अस्पताललाई निर्देशन दिएका छौं,’ महिला आयोगकी सदस्य मोहना अन्सारीले भनिन् । आयोगका अधिकारीहरुले एकै व्यक्ति विरुद्ध दुई किसिमका उस्तै उजुरी आएकाले डा. राणाकै समस्या भएको बताउँछन् ।

उपचारका लागि पुगेकी अविवाहित महिलाको भिडियो डा. राणाले अस्पतालको अप्रेसन थियटरमै बेहोस बनाएर खिचेको उजुरी महिला आयोगमा छ । अर्को उजुरी भने प्रहरीमा समेत पुगेको थियो । आफ्नो आफन्त पर्ने विवाहित मिहलालाई उनकै घरमा गएर बेहोस बनाई राणाले भिडियो खिचेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको थियो । तर, सो घटनामा अनुसन्धान नै नगरी प्रहरीले मिलापत्र गराएको उजुरी दिने महिलाको आरोपछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID