Friday 19 April 2013

नर्सरीमा पढ्ने बालिका बलात्कृत बालिकाको पेटबाट निकालियो मैनबत्ती र बोतल (video)

बलात्कारमा परेर गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेकी एक बालिकाको पेटबाट मैनबत्ति र प्लास्टिकका बोतल निकालिएको छ ।
भारतको दिल्लीस्थित गान्धी नगर इलाकामा बलात्कारमा परेकी बालिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेकोमा चिकित्सकहरुले उनको पेटबाट त्यस्ता वस्तु निकालेका हुन् ।
नर्सरी कक्षामा पढ्ने ती बालिकालाई उनी बस्ने घरकै तल्लो तलामा बस्ने युवकले अपहरण गरेर आफ्नै कोठाभित्र चार दिनसम्म थुनेर बलात्कार गरेको थियो । छोरी हराएपछि ती बच्चीका बुवाआमाले उनलाई यताउता खोजे तर चार दिनसम्म आफ्नी छोरी आफु बसेकै घरको तल्लो तलाको कोठामा चरम यातना पाइरहेकी छिन् भन्ने कुराको पत्तो पाएनन् । अभियुक्तले बच्चीलाई जबरजस्ती कोठामा लगेर हातखुट्टा बाँधी, कुटपिट गरेर बोल्न समेत नदिई चार दिनसम्म बलात्कार गरी पछि भागेको थियो ।
त्यो युवक भागेपछि ती ५ वर्षकी बालिका जोडसँग रोइन् र उनी रोएको आवाज सुनेपछि उनका बाउआमाले त्यस युवकको कोठाभित्र छिरेर हेर्दा छोरीलाई बाँधिएको अवस्थामा देखे । त्यसपछि तत्कालै प्रहरीलाई खबर गरियो र प्रहरीले तत्कालै उनलाई उपचारका लागि एलबिएस अस्पतालमा लग्यो । अस्पतालले ती बच्चीको बलात्कार भएको पुष्टि गरेको छ । लगातारको बलात्कारपछि ती बच्ची बेहोस बनेकी रहेछिन् ।
अस्पतालमा उपचारका क्रममा डाक्टरहरुले ती बच्चीको पेटबाट मैनबत्ती र प्लास्टिकका बोतल निकालेपछि घटना निकै रहस्यमय समेत बनेको बताइन्छ । प्लास्टिकका बोतल र मैनबत्ती कसरी उनको पेटभित्र छिरे भन्ने बुझ्न सकिएको छैन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID