Sunday 14 April 2013

दुई सन्तानको हत्यापछि एक महिलाद्वारा आत्महत्या


 दुई नावालक सन्तानलाई विष खुवाई हत्या गरेपछि एक महिलाले आत्महत्या गरेकी छन् । जनकपुर नगरपालिका १ शिवपथ नजिकै बस्ने २५ वर्षिया सुरेखा दासले गएराती आफ्ना ६ महिने छोरा परमेश्वर तथा तीन वर्षिया छोरी श्रृष्टीलाई विष खुवाई आफुले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुरेखाका पति वैदेशीक रोजगारीको सिलसिलामा हाल साउदी अरबमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रेल्वे स्टेशन प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID