Tuesday 16 April 2013

६ वर्षकै उमेर मा करोडपति बनिन एक बालिका

आखिर तालुमा आलु फलेपछि कसको के लाग्छ ? मान्छेको भाग्य चम्किन के बेर ? कतिलाई जिन्दगीभरी प्रसस्त पैसाको मुख देख्नु छैन तर कोहीकोही मान्छेलाई भने दुइपाते छँदै पैसाको ओछ्यानमै सुते पनि पुग्छ । बाउबाजेको पुख्र्यौली सम्पतीका कारण बच्चैमा पैसाको छेलोखेलो हुनुको के अर्थ रह्यो र ? आफ्नै कमाइले बच्चैमा करोडपति बन्दा पो चर्चा पाइयो । अमेरिकाकी एक बालिका ६ वर्षकै उमेरमा आफ्नै बर्कतले करोडपति बनेकी छिन् ।
इशाबेला ब्यारेट नामकी ती बालिकाले सानै उमेरमा धेरै अनुभव बटुलीसकिन् र पैसा पनि प्रसस्तै कमाइसकिन् । पैसा जतिधेरै होस् तर खेलौना किन्ने, राम्रा चाचा लगाउने तथा केटाकेटीले गाउने गित गुनगुनाउने बालसुलभ बानीव्यहोराकी धनी छिन् उनी ।

बच्चैमा करोडपति भएकी यी बालिकाले बच्चीहरुको सुन्दरी प्रतियोगिता जितेपछि एकाएक चर्चामा आइन् र अमेरिकी टेलिभिजनको एक हिट रियालिटी शो टड्लर्स एण्ड टायरसमा सहभागि हुने मौका पाइन् । जसबाट उनको निकै ठूलो चर्चा भयो । यी बच्चीको बसाइ शानदार छ, यिनले लगाउने लुगा तथा गहना पनि हजारौँ डलरका छन् । उनका जुत्ता मात्र ६० जोर छन् । उनको आफ्नै बिजनेस छ र जिन्दगीभरीलाई पुग्ने पैसा कमाइसकेकी छिन् । वास्तवमा टेलिभिजन रियालिटी शो बाट नै उनले यतिधेरै पैसा कमाइन् । बधाइ छ यी करोडपति फुच्चीलाई ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID