Monday 15 April 2013

लौ हेर्नुहोस विश्वको सबैभन्दा लामो साइकल (फोटोफिचर सहित)


इण्डोनेसियाको एक गाउँका गाउँलेहरु मिलेर ४४ फुट लम्बाई भएको विश्वको सबैभन्दा लामो साइकल बनाएका छन् । ४४ फुट लामो यो साइकल बनाउनका लागि गाउँलेहरुले काम नलाग्ने पाइप तथा फलामका टुक्राटाक्रीको प्रयोग गरेका छन् ।

तर यो साइकलले विश्वको सबैभन्दा लामो दुइ पंाग्रे साधनको विश्व रेकर्ड बने तोड्न सकेन । नेदरल्याण्डमा बनेको सबैभन्दा लामो मोटरसाइकल ११७ फुट लामो छ ।

पूर्वी जाभाको केदिरीस्थित ब्लावे गाउँका मानिसहरुले यो ४४ फुट लामो साइकल बनाएका हुन् । यति लामो भएपनि यो साइकलमा केवल एकजनाको लागि मात्र बस्ने सिट छ । यो साइकललाई इण्डोनेसियन रेकर्ड म्युजियममा आधिकारिक रुपमा अभिलेखीकरण गरिएको छ । त्यसभन्दा पहिले उक्त म्युजियममा ८ फुट लामो साइकल सबैभन्दा लामो साइकलको रुपमा थियो ।



No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID