Saturday 20 April 2013

पाँच लाखमा बिहे रद्द !

 पूर्वी चितवनको रत्ननगरमा भएको विवाहसम्बन्धी विवाद केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमतिपछि टुङ्गिएको छ । टीकाटाला गरिसकेपछि केटाले बिहे गर्न नमानी फरार भएपछि केटीपक्षका आफन्तहरुले रत्ननगरमा सडक नै जाम गर्न पुग्दा विवाद सतहमा आएको थियो । त्यसपछि चितवन प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।
विवाहको मिति आइपुग्दा केटाले बिहे गर्न नमानेपछि दुई दिनअघि यहाँ केटीपक्षले सडक बन्द गरेका थिए ।
 जिल्ला प्रहरी कार्यालय चितवनमा भएको छलफलमा केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमति भएपछि विवाद टुङ्गिएको चितवन प्रहरीले जानकारी दिएको छ । रत्ननगर-३ बेल्सीका सुजन खनालले रत्ननगर-८ पर्सौनीकी एक युवतीलाई गत फागुन ३० गते विवाहका लागि टीकाटालो गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID