Friday 26 April 2013

तपाई कुन जागिर खानु हुँदै छ ? लौ हेर्नुस् कुन जागिर कति राम्रा !

  • समाचार संवाददाता संसारकै झुर जागिर
काठमाडौ, वैशाख १३ - रोजगारसम्बन्धी वेवसाइट क्यारियर कास्ट नामको वेवसाइटले गरेको सर्वेक्षणले समाचार संवाददाता लाई संसार कै सबैभन्दा झुर जागिरको सूचीमा राखिएको छ । वेवसाइटले  आम्दानी, शारीरीक श्रम, तनाव, काम गर्ने वातावरण र जागिरको सम्भावनालाई आधार मानेर गरेको सर्वेक्षणले समाचार संवाददातालाई सबैभन्दा झुर मानेको छ ।

संवाददाताको जागिरलाई घरमा काम गर्ने नोकर, माछु काट्ने बुचर, भाडा माझ्ने कामदार, हुलाकी, घरको छत मर्मत गर्ने र रुख काट्ने कामदारको भन्दा तल राखिएको छ । कलाकार, किसान, टेलिभिजन प्रस्तोताको जागिर पनि झुरको सूचीमा छन् । अरुको जोखिमको पूर्वाअनुमान गर्ने जागिरलाई भने विश्वकै सबैभन्दा उत्तम जागिरको सूचीमा राखिएको छ । वेवसाइटले जारी गरेको २ सय जागिरको सूचीमा समाचार संवाददाता सबैभन्दा अन्तिममा छ सर्वेक्षणले जोखिम पूर्वानुमान गर्ने जागिरसँगै बायोमेडिकल इन्जिनियर, सफ्टेवेयर इन्जिनियर, अडियोलोजिस्ट, फाइनान्सीयल प्लानर र डेन्टल हाइजिनिस्टको जागिरलाई उत्कृष्ट देखाएको छ ।

२ वटा जागिरको सूचीमा विश्वबिद्यालयको प्राध्यापकको जागिरलाई १४ औं नम्बरमा राखिएको छ । वेवसाइटले गरेको समाचार सर्वेक्षणअनुसार सर्जनको जागिर ५१ औं नम्बरमा छ नर्सको जागिरलाई ५५ औं नम्बरमा राखिएको छ । कपाल श्रृंगार्ने हेयर इस्टाइलिस्टको जागिरलाई ८३ नम्बरमा राखिएको छ भने रिसेप्सनको जागिर ८६ नम्बरमा छ ।

सर्वेक्षणले बस चालकको जागिर, वेल्डर र होटल म्यानेजसरको जागिरलाई क्रमशः १५७, १५९ र १५९ औं नम्बरमा राखेको छ ।
५ झुर जागिर
समाचार संवाददाता
काठ काट्ने मजदुर
युद्धको बेलामा सिपाहीलाई भात खुवाउने काम
कलाकार
तेलको पाइप मर्मत गर्ने मजदुर
५ उत्कृष्ट जागिर
जोखिम पूर्वानुमान गर्ने जागिर
बायोमेडिकल इन्जिनियर
सफ्टवेयर इन्जिनियर
अडियोलोजिस्ट
फाइनान्स प्लानर

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID