Friday 12 April 2013

अस्ताए टेष्टट्युब सन्तानका पिता (फोटो सहित)

टेष्टट्युब प्रविधि मार्फत बच्चा जन्माउने विधिको आविष्कार गर्ने नोबेल पुरस्कार विजेता रोबर्ट एडवार्डको निधन भएको छ । टेष्टट्युब प्रविधिमार्फत गर्भाधान गराएर बच्चा जन्माउन सम्भव बनाउँदै निसन्तानहरुका लागि इश्वर नै सावित भएका एडवार्डको ८७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि थलिएका एडवार्डको उपचारकै क्रममा निधन भएको हो । उनको सन् १९२५ मा बेलायतको योर्कसायरमा मध्यमवर्गीय परिवारमा जन्म भएको थियो ।

टेष्ट ट्युब प्रविधिको आविष्कार गरेकोमा उनलाई सन् २०१० मा चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
इनभाइट्रो फर्टिलाइजेसन भनिने यस्तो प्रविधिमार्फत सन् १९७८ जुलाई २५ मा विश्वमा पहिलो बच्चाको जन्म भएको थियो । विश्वको पहिलो टेष्टट्युब बेबी बेलायतकी लुइस ब्राउन हुन् । अहिलेसम्म टेष्टट्युब प्रविधिबाट ५० लाख भन्दा बढि बच्चा जन्मिसकेका छन् ।
यसैबीच एडबार्डको अन्तिम संस्कारमा विश्वको पहिलो टेष्टट्युव सन्तान लुइस ब्राउन सहभागि भएर श्रद्धान्जली दिएकी छिन् । स्मरण रहोस् एडबार्डले लुइसलाई आफ्नै छोरी झैँ माया गर्थे र उनको विवाह समारोहमा पनि उपस्थित भएका थिए । ३४ वर्षकी लुइसले सन् २००६ मै छोरो पाइसकेकी छिन् ।

एडवार्डलाई टेष्टट्युब बच्चाका पिताको नामले पनि चिनिन्छ । उनलाई धेरैले बिसौँ सताब्दीको महान् वैज्ञानिक भन्ने गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID