Sunday 28 April 2013

कण्डमले कसरी बचाउने मोबाइल ( हेर्नुस भिडियो)

यो कुरा साँचो हो की तपाईको फोनको सुरक्षा अब कण्डमले गर्छ । एसो भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर कण्डमले अब तपाईको मोबाइललाई पसिना, धुलो र पानीबाट बचाउने छ । अब बजारमा आउन लागेको थर्मोप्लाष्टिक कभर कण्डमबाट बन्नेछ अर्थात्, कन्डम बन्ने प्लाष्टिकबाट उक्त कभर बन्नेछ । यस्तो कभर एउटा डच कम्पनीले निर्माण गर्दैछ , जुन पानी, धुलो र पसिना प्रुफ । उक्त कभर डच कम्पनीले पेन्टर, खेतबारीमा काम गर्ने मजदुरहरूलाई बेच्ने गरेको छ । पेन्टर र खेतबारीमा काम गर्ने मानिसले बोक्ने मोबाइलमा बढी धुलो र पसिनाले असर पार्न सक्ने हुनाले पनि कम्पनीले पहिलो लक्ष्य यस्ता कामदारलाई बनाएको हो । एक अध्ययनका अनुसार विश्वभर करिब ६ करोड ८० लाख मोबाइल पानी तथा धुलोले बिग्रिने गर्छ । नेदरल्याण्डको हारलेमको कम्पनी इनोवालाइऐ एन्टरनेशनलका अनुसार ७५ माइक्रोनको उक्त कभरले मोबाइललाई सहजै धुलो, पानी र पसिनाबाट सुरक्षित राख्छ ।

भिडियो हेर्नुस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID