Thursday 25 April 2013

तरुनी ले बोलाउँछन भन्ने आशमा गाडी का पाङ्ग्रा सफा चट !


जापानका एक जना युवकले आफ्नो केटीसँग बोल्ने र नजिकिने इच्छा पूरा गर्न निकै अचम्मको तथा डर लाग्दो उपाय अपनाएका छन् ।

 २५ वर्षका योसिहितो हारदाले केटीसँग बोल्नका लागि र सम्बन्ध गाँस्नका लागि १ हजार वटा कारका टायर काटिदिएका छन् । उनले केटीले चलाएका हजारवटा कारका पांग्रा काट्नुको एक मात्र उद्देश्य ती कार चलाउने केटीसँग बोल्नु थियो । आफ्नो कारको टायर काटिएको देखेपछि रिसाएरै भएपनि केटीहरु आफुसँग बोल्नेछन् भन्ने उनको लालसा रहेछ । उनी केटीहरुले चलाएका कार पार्किङ्गमा राखिएको देखेपछि चक्कुले काटिहाल्दा रहेछन् ।

कारका पांग्रा काटेको लगायतका विभिन्न अभियोगमा उनी विरुद्ध नागोया जिल्लाको अदालतमा मुद्दा चलेको छ । अभियोजनकर्ताहरुले ती युवकले केटीहरुसँग सम्बन्ध स्थापित गर्ने उद्देश्यका लागि टायर काटेको दाबी गरेका छन् ।

उनको दिनचर्या निकै अनौठो रहेछ । पार्किङमा राखिएका कारका टायर काटेर सबै हावा फ्याँकिदिने अनि नजिकैको कुनै ठाउँमा ढुकेर बस्ने । जब त्यो कार चलाउने केटी कार चलाउन पार्किङ गरेको ठाममा पुगेर कारभित्र पसेर चलाउन थाल्छे र पंाग्रो काटिएका कारण कार चल्दैन तब झुलुक्क त्यहाँ आइपुग्ने । ओहो तपाइँको टायर फुटेछ, टाल्नको लागि म सहयोग गर्छु भन्ने र केटीसँग धित मरुन्जेल बोल्ने अनि अन्त्यमा फोन साटासाट गर्ने उनको चलन रहेछ । एक पटक एक जना केटीले आफ्नो कारको टायर टाल्न एक जना केटाले सहयोग गरेको आफ्नी साथीसँग बताइछन् । त्यो साथीको पनि उस्तै घटना घटेको रहेछ र हारदाले त्यसैगरी उनको कार टाल्न सहयोग गरेका रहेछन् । त्यसपछि हारदामाथि शंका भयो र एक कान दुइ कान मैदान हुँदै खास कुराको पोल खुल्यो । अनि अन्त्यमा पीडित कारचालका युवतीहरुले प्रहरीमा उजुरी गरी ती युवकलाई पक्रिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID