Wednesday 24 April 2013

फेसबुक मार्फत आठ लाखमा बच्चाको बिक्रि


भारतको लुधियानामा नवजात शिशुको बोली फेसबुकमा लगाइएको छ । अर्थात् ती शिशुको बिक्रि फेसबुकमा नै भएको छ । सो बच्चाकोको फेसबुकमा नै पैसाको बोली लगाइ दिल्लीको एक कारोबारीले आठ लाख रुपैयामा किनेका छन् ।
ती हजुरबुवाले बच्चाको आमालाई बच्चाको मृत्यु भएको भनी गलत सुचना दिएको थियो । हाल भने प्रहरीले बच्चालाई खोजी आमालाई सुम्पिदिएको छ । प्रहरीले आरोपी हजुरबुवा फिरोज खान, उसलाई सहयोग गर्ने अस्पतालको नर्स सुनीता, दलाल गुरप्रीत सिंह र इरफानलाई पक्राउ गरिसकेको छ । ती महिलाको ६ महिना पहिले आफ्नो श्रीमानसंग सम्बन्ध विच्छेद भएको थियो । त्यस समयबाट नै उनी आफ्नो बुवासंग बस्दै आएकी थिइन् ।

उनको बुवाले बच्चा मरेको भनी नर्सलाई ४५ हजारमा बेचिदिएका थिए । नर्सले भने अस्पतालकै कर्मचारी गुरप्रीतलाई तीन लाखमा बच्चा बेचिदिएकि हुन् । गुरप्रीतले पुन बच्चाको जानकारी फेसबुकमा दिइएको थियो । जसको मार्फत दिल्लीको कारोबारीले बच्चालाई आठ लाखमा किनेका थिए । प्रहरीले घटनाको जानकारी पाएपछि आरोपीहरु माथि कारबाही चलाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID