Sunday 21 April 2013

बुढीसित रोमान्स गर्दा बुढाको बिजोग

७७ वर्षकी एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौनको प्यास त मेटाइन् तर त्यो वृद्धलाई घरको न घाटको समेत पारिन् । पछिल्लो ७ वर्षभित्र त्यो वृद्धको पुरुषको ओछ्यान तताइदिएबापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याउन सफल भइन् । ती महिलाले हरेक पटकको सेक्समा त्यो मान्छेसँग रकम माग्थिन् र त्यो पुरुषले पनि खुरुखुरु रकम दिन्थ्यो । ती महिलाले आफुसँग ऋण मागेका होलिन् भन्ठानेर उसले रकम दिएको रहेछ । तर ती महिलाले लगातार पैसा माग्ने र लगेको पैसा फिर्ता गर्नेतिर ध्यान नै नदिएपछि बुढो झस्किएछ र पैसा मागेछ । तर उनले त्यो पैसा सेक्स बापत पारिश्रमिकको रुपमा आफुले लिएको बताइन् ।
इन्तु न चिन्तु भएर अन्त्यमा त्यो पुरुष आफु ठगिएको भन्दै ती महिलाविरुद्ध अदालतमा गयो । मध्य जापानको सिजुओकामा रहेको एक अदालतले ती महिलाले पुरुषसँगबाट लिएको सबै रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ । यद्यपि ती महिलासँग न त त्यो रकम फिर्ता गर्ने क्षमता छ, न त इच्छा नै । तर अदालतको फैसला कार्यान्वयन गराउन त्यो पुरुषले अब विभिन्न उपाय भने अपनाउन पाउनेछ ।

समाचार अनुसार सन् २००० बाट रासलिला सुरु गरेका ती बुढाबुढीबीच त्यसको ५।६ वर्षपछिबाट रकम लेनदेन सुरु भएको थियो । ती महिलाले विभिन्न खाले सेक्स हतकण्डा अपनाउँदै त्यो बुढोलाई खुसी पार्दै धमाधम रकम हात पारेकी रहेछिन् र त्यो रकमबाट विभिन्न सुविधासम्पन्न कार लगायतका सामान किनेकी स्पोर्टस् निप्पोन नामक पत्रिकाले जनाएको छ । ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID