Tuesday 16 April 2013

राजेश हमालले यहि वैसाखमा झ्यार्इ पार्ने

नायक राजेश हमालको विहेको चर्चा पनि वेला बखतमा भइनै राख्छ । हुन पनि त चर्चा किन नहोस् । ५२ वर्ष पुगी सकेका नायक हमालले विवाहका लागि केटी रोजीसकेको वताए उनले आफ्नो विहे आउँदो वैशाखमा हुने वताए । उनी तयारि भएकी र राम्री छिन् । तीन वर्षदेखी उनीसँग प्रेम थियो ।

‘उनले विवाहको प्रस्ताव राखेकी छन् । मैले विवाहको लागि मन्ंजुरी दिईसकेको छु । उनले भने ।’यस्तै उनले महानायक राजेश हमालले आफु छिट्टै राजनीतिमा आउने उदघोष गरेका छन् । राजेशले आफु कुनै सत्ता स्वार्थका लागि नभई समाजसेवाका लागि राजनीतिमा आउन लागेको स्पष्ट पारे । राजेशले भने, केही समय अभिनयमै बिताउँछु, त्यसपछि केही चलचित्रको निर्देशन गर्छु ।

 उनले आफुलाई धेरै क्षेत्रका मानिसले राजनीतिमा आउन घचघच्याईरहेको बताउँदै भने, मुलुकमा नयाँ राजनीतिक शक्तिको आवश्यता भएकाले पनि म राजनीतिमा शक्रिय हुन इच्छुक भएको हुँ ।’ अहिले राजनीतिक दलका सम्पूर्ण कार्ड असफल भएकाले मुुलुकमा नयाँ राजनीतिक शक्तिको संभावना भएको राजेशले बताए

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID