Wednesday 27 March 2013

पारसलाई थाई प्रेमिकाले बचाएको खुलासा



 ११ चैत, काठमाण्डौं । मरिसके भनेर हल्ला गरिएका पूर्व युवराज पारश साह यतिखेर तगि्रइसकेका छन र हिँडडुल गर्नसमेत थालेका छन । केही दिनभित्रै उनी अस्पतालबाट डिस्चार्ज भएर नयाँ जीवन पाउँदै छन । पारशलाई हृदयघात भएको हो कि ड्रग्सको ओभरडोज भन्ने बिषयमा चर्चा भइरहेका बेला उनलाई थाइ प्रेमिकाले बँचाएको खुलासा भएको छ । त्यसमाथि पारसकी पत्नी हिमानी शाहले थाइल्याण्डमै काली मन्दीरमा पुजा गर्दै श्रीमानको प्राण रक्षाको कामना गरिन् ।

एनआरएन थाइल्याण्डका सदस्य एवं पारशका सहयोगी कमल थापाले घटनाबारे नयाँ पत्रिकालाई यस्तो जानकारी दिए-

 फागुन ८ गते साढे ११ बजेको हुँदो हो । मेरो मोवाइलमा एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘Parash in emergency ar/at samitivej srinakarin. Plz help. Heart stop. Lyn’ अहिले पनि यो मेसेज मेरो मोवाइलमा सुरक्षित छ । म्यासेज प्राप्त हुनासाथ मैले एनआरएन बैंककका महासचिव सुनील खड्कालाई फोन गरेँ । पारस शाह बैंककमा रहेको खड्काको घरमा बस्नुहुन्थ्यो । खड्का मासु किन्न बजार गएका रहेछन् । पारसलाई हृदयघात भएको खबर सुनाउँदा सुरुमा उनले पत्याएनन् । बरु, उनले भने, ‘सरकार (पारस) ले मलाई तिमी मासु लिएर आऊ । म पकाउँछु, मिठो बनाएर खानुपर्छ भन्नुभएको छ । त्यही भएर म मासु किन्न आएको छु ।कर्निका लिन (पारसकी प्रेमिका) को म्यासेज आएकाले घटना भएको हुनसक्ने मैले बताएपछि उनले विश्वास गरे ।

हामीले उहाँ(-पारस) की केटी साथी कर्निका लिनलाई फोन गर्‍यौं । उनले पारसलाई हृदयघात भएको, स्थिति निकै गम्भीर रहेको र अस्पताल पुर्‍याएको बताइन् । त्यसपछि हामी समितिभेज अस्पताल पुग्यौं । म्यासेज आएको १० मिनेटमै हामी अस्पताल पुगेका थियौं । हामी अस्पताल पुग्दा बैंकको समयअनुसार रातको करिब साढे ११ बजेको थियो । पारस सरकारको स्थिति निकै गम्भीर भइसकेको थियो । बाँच्ने आशा हराउँदै गएको थियो ।

हामी अत्तालियौँ, के गर्ने के नगर्ने भयो । डाक्टरहरुलाई भन्यौ, ‘उहाँ पारस नेपालका पूर्वयुवराज हुनुहुन्छ ।यति भनेपछि डाक्टरसहरुले निक्कै मिहिनेत गरे । डाक्टरहरुले उहाँलाई पुरै घेरे । मुटुको धड्कन खुलाउन लगातार पम्प दिन थाले । तत्काल कुनै सुधार देखिएन । अवस्थामा सुधा नदेखिएपछि त्यहाँको भाषामा एकजना डाक्टरले भने, ‘अब सिद्धिए ।हामी झनै आत्तियौं । अव के गर्ने ? स्थिति अत्यन्तै गम्भीर भयो ।

सुनील खड्काले नेपालमा पारसको नातेदारलाई फोन गर्न थाले उनले सुरुमा शाही नातेदार राजीब शाहीलाई फोन गरी पारसको अवस्थाबारे जानकारी गराए । त्यसपछि काठमाण्डौंमा उनले चिनेका साथी र पत्रकारहरुलाई पनि फोन गरे । त्यतिबेलासम्म अस्पतालमा पारसकी केटी साथी लिन, , सुनील, सुनीलकी श्रीमती निता, तुलबहादुर पुन, र विजयपन जोन्छे मात्र थियौं ।

डाक्टरहरुले कृत्रिम श्वास-प्रश्वास दिएर छाती थिच्ने गरिरहेका थिए । केही बेरपछि डाक्टरले आशा देखाए । हामी पनि ट्राईगर्न भनिरह्यौं । फेरि डाक्टरहरुले भने सिद्धिए ।हामी त अत्तालियौं । साहस बटुलेर फेरि डाक्टरहरुलाई भन्यौं, ‘अझै ट्राई गर्नुहोस ।तर, भित्रभित्रै आश त मारिसकेका थियौं । डाक्टरले करिब डेढ घन्टापछि फेरि आशा जागेको बताए । त्यसपछि भने उहाँ अब बाच्नुहुन्छ कि जस्तो लाग्यो । उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

भोलिपल्ट ९ फागुनमा पनि पारस शाहको स्थितिमा सुधार देखिएन, गम्भीर नै थियो । भोलिपल्ट दिउँसो भने मलाई उहाँको उपचारमा संलग्न एक डाक्टरले पारस अब बाँच्छन्,’ भनेर म्यासेज पठाए । त्यसपछि भने हामी ढुक्क भयौ । तर अस्पतालले निकाल्ने विज्ञप्तिमा भने पारसको स्वास्थ्य अवस्था गम्भीर भनेर आइरर्‍यो । अन्ततः उहाँको अस्पताल भर्ना भएको १२ दिनमा होस खुल्यो । मृत्युको मुखबाट बाँचेर उहाँ यही साता डिस्चार्ज हुँदै हुनुहुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID