Sunday 17 March 2013

आफ्नै श्रीमान्को अगाडि स्वीस महिला बलात्कृत


श्री मन श्रीमती सहित भारत घुम्न आएका एक पर्यटक कि श्रीमती सामूहिक बलात्कृत भएकी छन् । भारतको मध्य प्रदेशको मताई गाउँमा साइक्लिङ गरेर क्याम्प बनाएर बसेका स्वीस महिला बलात्कृत भएकी हुन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ बर्षीय महिलाका पतिलाई नियन्त्रणमा लिएर ७ / ८ जनाको समुहले स्वीस महिलालाई बलात्कार गरेका हुन् । प्रहरीले बलात्कार आरोपमा ८ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । ती स्वीस महिलाको एक  अस्पतालमा उपचार भइरहेको छ । उनले घटनाबारे सम्बन्धित अधिकारीलाई बताइसकेकी छन् ।

पीडित महिलाका पतिले ती समूहले सुरुमा आएर आफूलाई काठको लौरोले हिर्काएर नियन्त्रणमा लिएर आफ्नो अगाडि पत्नीलाई बलात्कार गरेको बयान दिएका छन् ।

बलात्कारी समूहले दम्पत्तिसँग भएको १० हजार भारुसहित मोबाइल फोनसमेत लुटेर लगेका छन् । उनीहरु ओर्चादेखि आग्रासम्म साइक्लिङ गर्दै थिए । उनीहरुले एक रात गाउँमै बस्ने निधो गरी क्याम्प बनाएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID