Sunday 24 March 2013

डिभोर्स गर्नुस् करबाट बँच्नुस्


तपाइँ यदि आफ्नो सम्पत्तिमा लाग्ने करबाट मुक्त हुन चाहनुहुन्छ भने आजै आफ्नो वैवाहिक सम्बन्धमा पर्ूण्ाविराम लगाउनुहोस् र लोग्नेस्वास्नीबीचको सम्बन्ध विच्छेद गर्नुहोस् । कस्तो वाहियात – सायद यहीँ भन्नुहुन्छ होला, यो समाचार पढ्दा । हो, हाम्रो लागि यो समाचार वाहियात हुनसक्छ तर हाम्रै छिमेकी देश चीनमा भने अब यस्तै कानून बनेको छ ।

चीनमा एक नयाँ कानून बनाइएको छ जस अनुसार सम्बन्ध विच्छेद गर्ने विवाहित जोडी सम्पत्ति करबाट मुक्त हन्छन् । खामी भनिने उक्त व्यवस्थाको फाइदा उठाउनका लागि सरकारको विवाह दर्ता कार्यालय अगाडि हजारौँ विवाहित जोडीहरु तलाक दिनका लागि लाइन लागिसकेका छन् ।

वास्तवमा चीन सरकारले घरजग्गाको आकाशिँदो भाउ कम गर्न यस्तो नियम लागु गरेको हो । यो व्यवस्था अनुसार जब विवाहित जोडीले सम्बन्ध विच्छेद गरेर सम्पत्ति आधाआधा बनाउँछन् त्यसपछि उनीहरुले त्यो बाँडेको सम्पत्ति बेच्दा कुनै कर तिर्नुपर्दैन । जबकी सँगोलमा छँदा सम्पत्ति बेच्दा २० प्रतिशत कर तिर्नुपर्छ ।

सरकारले घरजग्गाको मूल्य निकै बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो प्रावधान लागु गरेको हो । सम्पत्ति किनबेच गर्न प्रोत्साहित गर्ने र करमुक्त बनाउँदा जग्गाको भाउ घट्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । सरकारले एकचोटी डिभोर्स गरेर सम्पत्ति आधा आधा पारेका जोडिले आफ्नो सम्पत्ति बेचेपछि फेरी विवाह गरेर सँगै बस्न सक्ने व्यवस्था पनि गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID