Friday 15 March 2013

सूर्यमा अकल्पनीय(अपत्यारिलो) घटना हुँदै !

सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको छ भनेर अमेरिकी अन्तरीक्ष संस्था नासाले बताएको छ । सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको उच्चतम बिन्दूउक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी सार्बजनिक गरेको  छ ।

 उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको आन्तरिक संरचनामा कममात्रै गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला सूर्यमा धेरै धब्बा देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो । सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या सन् २०११ यता कम हुँदै गएको र सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित बन्दै गएको नासाले जनाएको छ ।
 सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र त्यसपछि घट्दै जानु पनि त्यस्तै नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको ठहर छ । त्यसैले यो वर्ष सन् २०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र सन् २०१४ सम्म रहने अनुमान उनीहरुको छ ।
कतिपय खगोलविद्हरुले भने सूर्यको आन्तरिक गतिविधि तथा त्यसको बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको संख्यात्मक अवस्था घटबढ भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् । यसअघि सन् १९८९ र २००१ मा पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला सौर्यधब्बाहरुमा घटबढ देखिएको थियो ।
तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले सूर्यको गतिविधि तुलनात्मक रुपमा किन सुस्ताएको हो ? भन्ने कुराको एकिन जवाफ प्राप्त हुन सकेन ।

कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य सुस्ताउनु वा शान्त रहनुलाई भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक सौर्यज्वालाको संकेतको रुपमा लिएका छन् । –एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID