Thursday 14 March 2013

गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ?


सिनेमा नगरीमा लागेपछि उतारचढाव आइहाल्छ भन्ने बिनिता ‘सुपरहिट’ चलाउन नयाँ नयाँ उपाय अपनाइरहेकी छिन्,  नायिका बिनिता बरालका लागि उनको तेश्रो चलचित्र ‘सुपरहिट’ निक्कै महत्वपुर्ण देखिएको छ ।  फेसबुकममा ‘सुपरहिट’ को सबैभन्दा धेरै पटक गीत र फोटो लाइक गरेमा आफूसँग कुनै पनि बेला डेटिङ जान मौका मिल्ने बताएकी बिनिताले फेरी अर्को स्क्यान्डल सुरु गरेकी छिन् । अहिले बिनिताले आफ्नो गर्धनमा ‘सुपरहिट’ लेखेर प्रचारप्रसार गरिरहेकी छिन् । सार्वजनिक कार्यक्रममा बिनिता आफ्नो लामो कपाल बारम्बार चलाउदै गर्धनमा लेखिएको ‘सुपरहिट’ देखाउन तल्लिन हुन्छिन् ।
वैशाख महिनामा प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा नायिका बराल रेडियो प्रस्तोताको भूमिकामा देखिदै छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID