सुनसरीमा महाधिवेशन प्रतिनिधि छान्न एमाओवादीको सम्मेलन चल्दै थियो । उद्घोषकले “सहमति” का आधारमा महाधिवेशन प्रतिनिधिहरुको नाम घोषणा गरे । साथै सबैलाई ताली बजाएर समर्थन गर्न आह्वान गरे । झिनो तालीको आवाजसंगै सहभागीहरुबाट व्यापक होहल्ला र आक्रोश व्यक्त भयो । सहभागीहरुले हलको गेट बन्द गरेर पुनः छलफल गर्न माग गरे । तर, मञ्चमा बसेको नेतृत्वले नाम पारित भइसकेको बतायो । यतिकैमा सहभागीको पंक्तिमा रहेका कामरेड अमर मञ्चमा उक्लिए । आक्रोशित मुद्रामा उनले पार्टीबाट राजीनामा दिएको घोषणा गरे, हलमा होहल्ला चल्यो ।
कामरेड अमर एमाओवादी सुनसरीका पुराना कार्यकर्ता हुन् । जनयुद्ध तयारीको समयदेखि नै उनी पार्टीमा सक्रिय रहिआएका छन् । दुई दशकको पूर्णकालीन राजनीतिक जिवन बिताएका छन् उनले । सैन्य हिरासतको कठोर यातना र जेल पनि भोगेका छन् । मेरो जीवन पार्टी र क्रान्तिका लागि भनेर उनी लगभग दुई दशक हिँडे । तर, आज आएर उनले पार्टी नै परित्याग गरेका छन् । अमर एक्ला पात्र होइनन् । एमाओवादीका थुप्रै प्रतिवद्ध कार्यकर्ताहरु महाधिवेशनको पूर्वसन्ध्यामा अमरकै हालतमा पुग्दैछन् ।
पार्टीको संगनात्मक पद्दति र नेताहरुको चरित्रले गर्दा पार्टीमा अमरहरुको संख्या बढ्दैछ । अमरहरुलाई पार्टीको दस्तावेज अझै पनि दुर्लभ छ । उनीहरुले दस्तावेज आफैंले पढ्न पाएनन् । हतार- हतारमा परैबाट सुन्न मात्र दिइयो । लामो प्रतिवेदन सुनेका आधारमा टिप्पणी गर्न सम्भव थिएन । तै पनि विधि पूरा गरियो । महाधिवेशन प्रतिनिधि पनि माथिका नेताले नै घोषणा गरिदिए । कार्यकर्ताले छान्ने वा फरक मत राख्ने अधिकार पाएनन् । जिल्ला सम्मेलनका नाममा एउटा कर्मकाण्ड गर्ने प्रयास गरियो । त्यसैले यो अन्त्यमा व्यापक होहल्ला र आक्रोशमा रुपान्तरण भयो । यसले अमरजस्ता कार्यकर्ताहरुलाई पार्टीबाट अलग हुने ठाउँसम्म पुर्याएको छ ।
महाधिवेशन प्रतिनिधि छान्ने यो तरिका सुनसरीको मात्र होइन । प्रायः देशैभरि यही तरिकाबाट प्रतिनिधि छानिँदैछन् । महाधिवेशनमा दस्तावेजमाथि कुनै गुणात्मक बहस हुनेवाला छैन । कुनै फरक दस्तावेज पनि आउने छैन । अध्यक्ष प्रचण्डको दस्तावेजमा सबै गुटको सम्झौता भइसकेको छ । पार्टी कमिटीबारे पनि गुट-गुटबीच केन्द्रमा भागबण्डा भइसकेको छ ।
महाधिवेशनका नाममा एउटा कर्मकाण्ड पूरा गरिनेछ । पार्टी सदस्यहरुलाई दस्तावेज पढ्ने मौका हुने छैन, पढेर सुनाएजस्तो चाही गरिनेछ । दस्तावेज सुनेर सहभागीहरुले ताली बजाउने छन् । नयाँ केन्द्रीय समितिको नाम सुनेर सहभागीले फेरि ताली बजाउने छन् । अन्त्यमा अध्यक्षलगायत केही नेताबाट ऐतिहासिक महाधिवेशन सम्पन्न भएको “संश्लेषण” हुनेछ । अन्य नेताहरुले “जनवादको महान अभ्यास” भएको भाषण गर्ने छन् र महाधिवेशन सकिने छ ।
पार्टीको भविश्य के होला ?
महाधिवेशन त “सफल” होला तर पार्टीको भविश्यचाहिँ के होला ? दुई दशकपछि आयोजित महाधिवेशनलाई माओवादी नेताहरु किन कर्मकाण्डमा सीमित गर्न खोज्दैछन् ? अनि यस्तो कर्मकाण्डबाट पार्टीको चरित्र कस्तो बन्छ ? जो कोहीले यस्ता प्रश्नहरु उठाउन सक्छ ।
संविधानसभा, गणतन्त्र र संघीयताको निर्माणमा माओवादी पार्टीले मुख्य योगदान गरेको कुरा सत्य हो । तर, केही वर्षयताको माओवादीको चरित्रमा तीब्र्र फेरबदल आइरहेको पनि अर्को सत्य हो । यतिबेला उक्त पार्टीभित्र सिद्धान्त, क्रान्तिजस्ता विषयले प्राथमिकता पाइरहेको छैन । पार्टीभित्र बिभिन्न गुट र नेताहरुबीच शक्ति-संघर्ष नै प्रमुख भइरहेको छ । यस्तै शक्ति-संघर्षको उत्कर्षमा वैद्य समूह अलग भइसकेको छ । अहिले वास्तवमा एमाओवादी नेताहरुलाई महाधिवेशन चाहिएको थिएन । पार्टीबाट अलग भएको वैद्य समूहले महाधिवेशन गरिसकेकाले इज्जत बचाउन मात्र यो सबै गरिँदैछ ।
पार्टी विभाजनपछि बचेका गुटहरुबीच कायम भागवण्डालाई यसका नेताहरुले जोगाउन चाहन्छन् । महाधिवेशनमा हुने सैद्धान्तिक बहस वा वास्तविक जनवादको अभ्यासले भागबण्डा धरापमा पर्छ । त्यसैले अध्यक्षबाहेक अरु कुनै नेताले दस्तावेज पेश नगर्ने सम्झौता भएको हो । मुलतः नेताहरुको स्वार्थमा आधारित भागबण्डालाई जोगाउन नै अरु नेताले दस्तावेज नलेखेका हुन् ।
अध्यक्ष प्रचण्डले दस्तावेज तयारीमा खास मेहनत गरेको देखिदैन । दस्तावेजको शुद्धाशुद्धीमा देखिएको चरम लापरवाही स्वभाविक स्तरको छैन । थुप्रै ठाउँमा वाक्यहरु पूरा अर्थ नआउने गरी गल्ती गरिएको छ । सोही हालतको दस्तावेज केन्द्रीय समितिले पारित गरेको छ र यही हालतमा जिल्ला-जिल्लामा वितरण गरिएको छ । यसबाट प्रष्ट हुन्छ, केन्द्रका प्रायः सबै नेताहरुले दस्तावेजलाई खास महत्व दिएका छैनन् ।
कम्युनिष्ट परम्परामा महाधिवेशन प्रथमत: एउटा निश्चित समयको दिशानिर्देशक हो । दोस्रो, यो जनवादको अभ्यास गर्ने थलो हो । कम्युनिष्टहरु जनवादी केन्द्रीयताको कुरा गर्दछन् । तर, अहिलेसम्म यो कुरामै मात्र सीमित छ । वास्तविक व्यवहारमा कम्युनिष्ट पार्टीहरुभित्र नोकरशाही केन्द्रीयता नै चलिरहेको छ । थुप्रै मुलुकमा कम्युनिष्ट पार्टी तथा सत्ता यही कार्यशैलीका कारण असफल भए । नेपालको एमाओवादीले पटक-पटक त्यस्तो गल्ती नगर्ने बताउँदै आएको हो । एमाओवादीको दस्तावेजमा अन्य मुलुकका पार्टीहरुले सर्वहारा जनवादको अभ्यासमा कमजोरी गरेको उल्लेख छ । तर, त्यसो भन्ने नेताहरु आफै गल्ती दोहोर्याउँदै छन् ।
परिवर्तन हुँदैछ, तर नकारात्मक
माओवादीको चरित्र परिवर्तन त हुँदैछ । तर, यो नकारात्मक दिशामा छ । संविधानसभाको निर्वाचनपछि राजनीतिक लाइनमा यो अकर्मण्य देखियो । जसले गर्दा त्यसपछिका हरेक कदमहरुमा गम्भीर भूलहरु भए । पार्टी बलियो हुँदाहुँदै र व्यापक जनसमर्थनका वावजुत उसका गतिविधिहरु हावामा मुट्ठी चलाएजस्तो भए । यही अवधिमा यसको संगठनात्मक शैलीमा भने अवसरवाद देखियो । पार्टीभित्रको अन्तरबिरोध हल गर्न जसले जे पद माग्यो, त्यही दिन थालियो । जसले गर्दा कमिटिहरु ठूला भए । पार्टी एकताका नाममा अनावश्यक जम्बो कमिटिको अभ्यास गरियो । यसले सिंगो पार्टी पंक्तिमा अवसरवादी होडबाजी पैदा भयो । केन्द्रका नेतामा मूल नेता खुशी पार्ने होडबाजी चल्यो । तलका कार्यकतामा पनि नेता खुशी पारेर फाइदा लिने प्रवृत्तिको बिकास भयो ।
आज एमाओवादी पार्टी आफ्नो राजनीतिक लाइनमा लगातार असफल छ । सरकारमा रहेर पनि खास केही गर्न नसक्ने हालतमा छ । यसको वरिपरि एकातिर नेता खुशी पार्ने अवसरवादी नेता कार्यकर्ताहरु छन् भने अर्कोतिर हजारौं शहिद, घाइते तथा बेपत्ता परिवार तथा इमानदार युवा जमातको घेराबन्दी छ । केन्द्रीय तहका नेताहरुलाई नीति तथा राजनीतिक लाइनको चिन्ता देखिँदैन । मूलतः पार्टीमा प्राप्त भागबण्डा कसरी जोगाउने भन्नेमै उनीहरुले ध्यान केन्दि्रत गरेका छन् । तर, महाधिवेशन गर्नुपर्ने बाध्यता पनि आइलागेको छ । त्यसैले यो महाधिवेशन सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने तरिकाले सम्पन्न हुँदैछ ।
बिश्व परिस्थितिमा आएको परिवर्तनले बिसौं शताव्दीका राजनीतिक सिद्धान्तहरुको ऐतिहासिक समीक्षाको माग गरिरहेको छ । साथै राजनीतिक आन्दोलनका नयाँ मूल्य मान्यताहरुको खोजी जरुरी छ । माओवादी महाधिवेशन यस्ता सवालमा केन्दि्रत हुनु पथ्र्याे । तर अवसरवादले ग्रस्त नेताहरुले यसो गरिरहेका छैनन् । यसको स्वभाविक परिणाम अमर जस्ता कार्यकर्ताहरु पार्टीबाट क्रमश पाखा लाग्दैछन् । हजारौं शहिद, बेपत्ता परिवार तथा जनताको अपेक्षा अधुरो हुँदैछ । अवसरवादी स्वार्थको होडबाजीले अन्ततः टुटफुट, बिभाजन र असफलता निम्त्याउने छ । अमरहरुले अब बैकल्पिक चिन्तनको अभ्यास गर्न जरुरी भइसकेको छ ।
(लेखक एमाओवादी कोचिला राज्य समितिमा आवद्ध छन्)

No comments:
Post a Comment