Friday 1 February 2013

प्रधानाध्यापकको हत्या आशंकामा पाँच पक्राउ

बैतडी, माघ १९ - बुधबार मृत फेला परेका महादेव मावि भटनाका प्रधानाध्यापकको हत्या भएको आशंकामा ५ जनालाई स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भटना–४ शिवावो घर भएका प्रअ मानसिंह धामी घर नजिकैको गौरीखोलामा मृत भेटिएका थिए । उनको टाउकोमा गहिरो घाउ छ । धारिलो हतियार प्रयोग भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उनी मंगलबार दिउसो सम्म बिद्यालयमा थिए । साझतिर गाउ नजिकैको स्थानीय बजारमा बसेका धामी भोलिपल्ट मृत फेला परेका हुन । आफन्तको उजुरी र हत्या भएको आशंकाका आधारमा स्थानीय ५ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कर्णबहादुर बमले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID