Friday 1 February 2013

८ प्रतिशत अमेरिकी नांगै सुत्छन्

हालै गरिएको एक सर्भेक्षणले सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्ने गरेका देखाएको छ । सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केही पनि नलगाइकन सुत्ने गर्छन् ।

एक कम्पनीले ३ हजार ७ सयजना अमेरिकीमा गरेको सर्भेक्षणले यस्तो देखाएको हो । सर्भेक्षण अनुसार ६५ प्रतिशत अमेरिकीले हप्तामा तीन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो निद्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्ने मान्छेसँग सुत्नु परेको गुनासो गरे ।
७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षणले धेरै अमेरिकीले आफुले देखेको सपनाभुल्ने गरेको तथ्य समेत पत्ता लगाएको छ । आधाजसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्झिन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID