Friday 1 February 2013

बलात्कार आरोपमा नेपालीलाई ५ बर्ष कैद

हङकङ, माघ ९ - एक युवती बलात्कार आरोप प्रमाणित भएपछि एक युवकलाई हङकङ अदालतले ५ बर्ष कैद फैसला गरेको छ । जनबरी १ को दिन अष्ट्रेलियन-चिनियाँमूलकी २० बर्षीया युवतीलाई बलात्कार अभियोग लागेका नेपालीका २८ बर्षीय सञ्जिय गुरुङलाई मंगलबार अदालतले चार बर्ष नौ महिना कैद फैसला सुनाएको हो ।

उनलाई ५ बर्ष कैद हुने भएपनि उनले हङकङमा यसअघि स्वयसेवा गरेका कारण तीन महिना कैद मिनाहा गरिएको न्यायधीशले जनाएका छन् । नयाँ बर्षका दिन साथीलाई खोज्दै गुरुङ काम गर्ने ल्यान क्वाई फङ बार छिरेकी थिइन् । गुरुङले ती युवतीलाई मादक पदार्थ खुवाएका थिए ।

होटलबाट फर्किन लागेकी ती युवतीको गुरुङ पिछा गरेर उनलाई वानचाईस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप थियो । मादक पदार्थका कारण अर्धचेत अवस्थामा भएपनि ती युवतीले बलात्कारको घटना सम्झिएको अदालतले जनाएको छ ।

होटलमा गुरुङले जबरजस्ती मलद्वारमा सम्पर्क गरेको बयान युवतीले दिएकी छन् । घटनालाई अदालतले 'एनल रेप' भनेको छ । बलात्कारपछि युवतीले स्थानीय चर्चका पाष्टर र एक पुरुष साथीको सहयोगमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

गुरुङलाई मानसिक उपचारको खाँचो रहेको औंल्याउँदै अदालतले उनलाई उपचार केन्द्रमा लैजान आदेश दिएको छ । उनले यसअघि पनि लागूऔषध सेवन गरेको प्रमाण भेटिएपछि अदालतले यस्तेा निश्कर्ष सुनाएको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID