Sunday 3 February 2013

मुखमा जिउँदो सर्प


सेन्टिलस रेसिलस नामका पुरुषको आजकलको दैनिकी भनेको हैटीको राजधानीका सडक चहार्नु हो । उनी एक्लै सडक चहारिरहेका हुँदैनन् उनको टाउकोमा डरलाग्दो सर्प बेरिएको हुन्छ ।

उनले आफुलाई प्रदर्शनी कलाकारको रुपमा चिनाउन चाहन्छन् । उनले दैनिक रुपमा सर्प र अरु जनावरको कला देखाउँछन् पनि । अहिले हैटीमा राष्टिय पर्व चलिरहेको बेला उनका लागि यो कला आम्दानीको राम्रो श्रोत समेत बनेको छ ।

उनले टाउकोमा राखेको खतरनाक सर्प मुखभित्र पसाल्छन् । सर्पको टाउको उनको मुखभित्र हुन्छ भने जिउको अरु भाग उनको घाँटीमा बेरिन्छ । त्यो देख्दै डरलाग्दो दृश्य हुन्छ । यस्तो काम अरु कसैले गर्न नसक्ने दाबी उनको छ ।

देशमा बेरोजगारी दर निकै बढेको, सयमा ६० जना बेरोजगार रहेकेा र धेरै हेटीयनहरु रोजगारीका लागि देश छाडिरहेकेा अवस्थामा उनले सर्पलाई मुखभित्रै हाल्ने कला देखाएर दिनको झण्डै डेढ सय रुपैयाँ जति कमाउँछन् । उनले यस्तो काम ३५ वर्ष अघिदेखि गर्दै आएका छन् । यो पालाको मेलामा उल्लु चरा र कुखुराको समेत चटक देखाउने तयारीमा उनी छन् ।

मेला सकिएपछि अरु जनावरलाई छाडिदिने भएपनि सर्प भने उनको दैनिक रोजिरोटीको श्रोत नै होे, जसलाई उनी छाड्नै सक्दैनन् ।्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID