Friday 1 February 2013

भट्टराई सबैभन्दा मूर्ख



दैलेख, माघ १९ -  एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराई सबैभन्दा मूर्ख र निरंकुश भएको आरोप लगाएका छन् । इतिहासमै बाबुराम क्रूर, अत्यन्त निरंकुश साबित हुन खोज्दैछन्, बिहीबार दैलेखमा आयोजित पत्रकार भेटघाटमा उनले भने, त्यस्ता कु मान्छेलाई हौसला दिने पुष्पकमल दाहाल पनि अपराधी हुन् ।

सरकारविरोधी आन्दोलनमा उत्रिएका विपक्षी दलको शुक्रबार दुल्लूमा आयोजना हुने सभालाई सम्बोधन गर्न नेपाल यहाँ आएका हुन् । एमाओवादीको शासनबाट जनताले न्याय नपाउने जिकिर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, 'जनताले संविधानसभा चुनावमा झुक्किएर जिताएका हुन्, अब जनताबाट त्यस्तो भूल हुने छैन ।' प्रध्ाानमन्त्री भट्टराई र एमाओवादी अध्यक्षको हालत पोलपोटजस्तै हुने उनले बताए । यिनीहरू निरीह बन्ने दिन आउँदैछन् । अपराधकर्म कहिल्यै छिप्दैन् । निभ्न लागेका बत्ती जसरी चम्किएका दाहाल र भट्टराईको हालत बिगि्रसकेको उनको भनाइ थियो ।

सरकार पे्रसमाथि नांगो आक्रमणमा उत्रिएकोमा आक्रोश पोखे । पत्रकारलाई जिउँदै गाड्ने अपराधीलाई खुलेआम बचाउन लाग्ने, पत्रकारको नामै किटेर कुट्न लगाउने, सञ्चारमाध्यम तोडफोड गर्ने जुन अलोकतान्त्रिक काम भएका छन्, त्यसको एमालेले कडा प्रतिवाद गरेको उनले बताए । सत्ताधारी दलभन्दा विपक्षीलाई लोकतन्त्र र देशको माया भएकाले जिम्मेवार भएको उनको कथन थियो ।

गृहमन्त्री विजयकुमार गच्छदारलाई अपराधीको मतियार नबन्न नेपाले सुझाव दिए । 'भोलि अपराधको भागिदार गच्छदार पनि बन्नुपर्छ,' उनले भने, होसियारीपूर्वक गृहप्रशासन चलाउनुस् । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले जागिर जोगाउने निहुँमा एमाओवादीको अचाक्ली चाकडी गरेकोमा आश्चर्य व्यक्त गरे । विधिको शासनविपरित कुकृत्यलाई ढाकछोप गर्न निर्देशन दिने अधिकार रानालाई नभएको उनको भनाइ थियो । यसैबीच, नेता नेपालले माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रका परिवार, एमाले अगुवा कार्यकर्तालाई भेटेका थिए ।

एमाओवादी निरंकुता अब टिक्दैन विपक्षी दलद्वारा शुक्रबार दैलेखको दुल्लूमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्न आइपुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीको निरंकुता धेरै दिन नटिक्ने दाबी गरेका छन् । जनमोर्चाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, 'सत्ताको आडमा राजा ज्ञानेन्द्रजस्तै मुढेबल लगाएर लादिएको निरंकुता छिटै अन्त्य हुने छ ।'

इतिहासमै देशको राष्ट्रियता र लोकतन्त्र संकटमा परेको केसीको टिप्पणी थियो । एमाओवादीकै एक दलीय तानाशाही व्यवहारका कारण मुलुक असफल बन्न लागेको बताए । संसद नभएका बेला विपक्षी सडकमा जानु स्वाभाविक हो । सभालाई सम्बोधन गर्न कांगे्रस सभापति सुशील कोइराला, युवा नेता गगन थापा बिहीबार साँझ दुल्लू आइपुगेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID