Friday 1 February 2013

होटलमै सेक्सको मज्जा लिने तालिम: होटल मालिक्नी सेक्स प्रशिक्षक

हामीकहाँ केही होटल रेष्टुरेन्टहरुमा यौन धन्दा हुने गरेको थाहा पाएकै कुरा हो । मसाज केन्द्र भनेर अवैध यौनधन्दा संचालन गर्नेहरु पनि छन् ।

केही देशमा भने वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने वेश्यालय खुलेका हुन्छन् । ती वेश्यालयमा यौनका भोका ग्राहकहरु गएर सम्भोगको आनन्द लुट्छन् । तर स्विडेनमा भने एउटा यस्तो होटल छ जसमा वेश्यावृत्ति होइन सम्भोगका बेला कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने तालिम दिइन्छ ।

दक्षिणी स्विडेनको स्कुरुप क्षेत्रमा रहेको उक्त भेनसगार्डेन गेष्ट हाउसले सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिका सिकाउन एक जना प्रशिक्षक नै नियुक्त गरेको छ । प्रेमको स्वर्ग नामले आफुलाई चिनाउने उक्त होटलमा ग्राहकलाई सेक्समा चरम आनन्द उठाउने तालिम दिने महिला हुन् यिभा फ्रान्जेन ।

यिभा व्यवसायिक यौन प्रशिक्षक हुन् । यो होटल ६७ वर्षका पूर्व शिक्षक आकेले खोलेका हुन् जो यिनै यौन प्रशिक्षकका श्रीमान समेत हुन् ।


एक रातको तालिमका लागि ग्राहकले २२७ पाउण्ड तिर्नुपर्छ । रातभरमा यिभाले ग्राहकलाई सेक्समा कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने कुरा प्रयोग गरेरै सिकाउँछिन् । कामसुत्रका विधि लगायत पाकक्रिडा तथा अन्य यौनिक खेललाई उनले सविस्तार सिकाउँछिन् ग्राहकलाई । उनले महिला र पुरुष दुबैलाई सेक्सको तालिम दिन्छिन् । तर महिलालाई बढि प्राथमिकता दिइने होटलको भनाइ छ ।

होटल संचालकले आफ्नो होटल वेश्यालय नभएको दाबी गर्दै आफ्नो होटल प्रेममा मज्जा लुट्न चाहनेहरुको लागि उपयुक्त स्थान भएको बताउँछन् । आफ्नो होटलबाट तालिम लिएर जानेहरुले सेक्स जिवनमा कहिल्यैपनि हरेस खानु नपर्ने दाबी आकेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID