Sunday 20 January 2013

राजस्व छल्नेलाई नछोड्न अर्थमन्त्रीको निर्देशन

६ माघ, इटहरी । अर्थमन्त्री वर्षमान पुनले राजस्व हिनामिना गर्ने वा छल्नेलाई कुनै पनि हालतमा नछोड्न निर्देशन दिनुभएको छ ।

इटहरीस्थित राजस्व अनुसन्धान विभागको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको निरीक्षणपछि कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिनुभयो । मुलुक सञ्चालनका लागि आवश्यक पर्ने पूँजी नै राजस्व भएको उल्लेख गर्दै उहाँले भन्सार तथा बजार क्षेत्रमा राजस्व छलेर गरिंदै आएको व्यापारिक कारोबारमा कडा निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

राजस्वका क्षेत्रमा काम गर्ने सबै निकायबीच समन्वय र सूचना सम्पर्क स्थापित गरेर एकीकृतरुपमा काम गर्दा राजस्व सङ्कलनमा राम्रो सफलता हात लाग्नसक्ने बताउँदै अर्थमन्त्री पुनले कसैको मुख हेरेर काम नगर्न पनि राजस्वका कर्मचारीहरूलाई निर्देशन दिनुभयो । राजस्वका कर्मचारीहरूले इमान्दार भएर काम गर्नु र राजस्व चुहावट हुन नदिनु नै मुख्य चुनौतीका रुपमा लिनुपर्नेमा जोड दिँदै उहाँले राजस्व छल्ने प्रवृत्तिलाई निरुत्साहित पार्न सकेमात्र देशले विकास गर्न सक्ने स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID