Sunday 20 January 2013

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली मिडिया अवार्ड हुने

न्यूयोर्क । विश्वभर छरिएर रहेका नेपाली आमपाठक ,दर्शक र श्रोताहरुलाई स्वच्छ ,निष्पक्ष र पारदर्शी तवरले समाचार लेखन ,संकलन, प्रकाशन र सम्प्रेषण गर्दै आइरहेका नेपाली पत्रकार तथा प्रकाशन / प्रशारण संचार संस्थाहरुलाई यस बर्ष देखि अमेरिकामा “ प्रथम अन्तर्राष्ट्रिय नेपाली मिडिया अवार्ड -२०१३” बाट सम्मानित गरिने भएको छ ।

 विगत चार बर्षदेखि नेपाली पत्रकारहरुको पेशागत हकहित र अधिकारको रक्षा गर्दै राष्ट्र र समाज विकाश का लागि संचार वकालत गर्दै आइरहेको नेपाली संचारकर्मीहरुको संस्था नेपाल अमेरिका प्रेस क्लब ले अन्तर्राष्ट्रिय रुपमा पहिलो पटक आयोजना गर्न लागेको हो । विश्वभरवाट नेपाल र नेपालीको विकाश र चेतना अभिवृद्धिका लागि सत्य तथ्य र निष्पक्ष समाचार र सूचना संकलन ,लेखन ,प्रकाशन र प्रशारण गर्ने पत्रकार तथा संचार संस्थाहरुलाई थप प्रोत्साहन प्रदान गर्नु आजको आवश्यकतालाई महशुस गर्दै नेपाल अमेरिका प्रेस क्लबले शान्ति ,विकाश ,मानव अधिकार ,महिला तथा वाल अधिकार ,वातावरण तथा उर्जा , शिक्षा, अर्थ तथा बाणिज्य ,खेलकुद ,चलचित्र ,कला तथा संगीत ,राजनैतिक तथा समसामयिक ,खोजमुलक ,न्याय तथा कानुन ,पर्यटन लगाएतका विधाहरुमा समाचार संकलन ,लेखन ,प्रकाशन र सम्प्रेषण गर्दै आइरहेका संचारकर्मी तथा संचार संस्थाहरुलाई अवार्ड प्रदान लागिएको हो ।

 अमेरिकाको वाशिंगटन डि.सी.मा आयोजना गरिने सो कार्यक्रमले नेपाली पत्रकारिताको विकाशमा थप योगदान पुग्नुको साथै संचारकर्मीहरुको सिप अभिबृदिका लागि थप प्रेरणा मिल्ने विश्वाश गरिएको छ । राष्ट्र निर्माणमा नेपाली पत्रकार र संचार माध्यमहरुलाई थप जिम्मेवार बनाउन र हौसला प्रदान गर्दै सम्मान ब्यक्त गर्न आयोजना गर्न लागिएको “ प्रथम अन्तर्राष्ट्रिय नेपाली मिडिया अवार्ड -२०१३” लाई सफल पार्न समस्त पत्रकार मित्र ,संचार माध्यमहरुलाई क्लबले अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID