Tuesday 1 January 2013

मृत्युदण्डअघि दाजुको प्राण खोज्दै बहिनी मलेसियामा

१७ पुस, क्वालालम्पुर । लागु पदार्थ कारोबारमा संलग्न भएको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नुवाकोटका हरिवहादुर घलेकी वहिनी यतिखेर दाजुको मुख हेर्न मलेसिया पुगेकी छिन् ।रोजगारीका लागि मलेसिया पुगेका घले नेपाल र्फकने क्रममा ९ बर्षअघि पक्राउ परेका थिए । त्यसयता जेलमा बसेर मुद्दा लडिरहेका घलेलाई केही बर्षअघि मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो ।
घलेलाई बचाउन गरिएका सवै प्रयत्न असफल भएपछि निरास भएका परिवारका सदस्यहरु भावबिहल अबस्थामा छन् । मृत्युदण्ड नै दिने सम्भावना बढि रहेको अबस्थामा बहिनी सरला घले यतिखेर क्वालालम्पुरमा दाजुलाई भेट्ने याचना गर्दै हिडीरहेकी छिन् ।सोमवार उनले नेपाली दुतावास क्वालालम्पुरमा दाजुलाई भेटाईदिन अनुरोध गर्दै निवेदन दिएकी छिन् । निवेदन लिएपछि मलेसियाका लागि कार्यवाहक राजदुत लेखनाथ भटटराईले आफुले भेटघाटको लागि तत्काल पहल गर्ने बताउँदै सरलालाई सन्त्वना दिनुभयो ।                                                                                      -online khabar

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID