Wednesday 23 January 2013

किसानलाई काम लाग्ने किरा (फोटोफिचर)

माघ, काठमाडौं । बालिनालीमा रोग किराले सतायो भनेर किसान सधैं चिन्तित हँदै रोग किरा नियन्त्रणको उपाय खोज्दै चारतिर भौंतारिन्छन् । किरा नियन्त्रणका लागि नानाभाँतीका विषादिसमेत प्रयोग गर्छन् । तर, यसरी विषादि प्रयोग गर्दा काम लाग्ने किरासमेत मर्छन् भन्ने चाँहि कमैले ख्याल गर्छन् ।

‘सबै किरा हानिकारक हुँदैनन्’ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको कीट विज्ञान महाशाखाका प्राविधिक अधिकृत शिवराज चौहानले भन्नुभयो-’प्राकृतिक सन्तुलनको लागि मात्र होइन, बालिनालीको लागि पनि धेरै किरा फाइदाजनक छ ।’ बालिनालीका यिनै शत्रु र मित्रजीवलाई कीट विज्ञान महाशाखामा सजाएर राखिएका छन् । ‘हामीले १ हजार ८ सय २० प्रजातिका किरा संकलन गरेर राखेका छौं’ कीट विज्ञान महाशाखाका प्राविधिक आनन्द स्थापितले अनलाइनखबरसित भन्नुभयो-’यसबारे यहाँ आएर जानकारी लिन सकिन्छ ।’

कृषि विज्ञहरुका अनुसार खपटेकिरा, सातथोप्ले लगायतका किरा बालीनालीका लागि मित्रजीव हुन् । यस्तै अरु शत्रु किराहरुलाई खाइदिएर चराचुरुंगीले पनि बालिनाली उत्पादनमा सहयोग पुर्याइरहेका हुन्छन् । ‘यस्ता किरालाई मार्न हुँदैन’ चौहानले भन्नुभयो-’शत्रु किरालाई मात्र नियन्त्रण होइन, व्यवस्थापन गर्न जान्नुपर्छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID