Tuesday 22 January 2013

प्रचण्डजी होस पुर्‍याएर बोल्नुस : कोइराला

चितवन, माघ ९ - कांग्रेस सभापति शुशिल कोइरालाले प्रधानमन्त्री आंफै बन्ने पुष्पकमल दाहालको अभिब्यक्तिलाई लिएर आक्रोष पोखेका छन् । सहमतिको कुरा गरेर दाहालले राजनिति बेइमान गरेको गुनासो उनले गरे ।

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति भएको होकि होइन ? सबै दलले यो सहमतिमा समर्थन गरेका होइनन् ? प्रचण्डजी होस गरेर बोल्नुस, नारायणगढमा मंगलबार प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानको १३ औं दिनको श्रद्धाञ्जली सभामा भने,'मुखमा जे आयो तेहि नबोल्नुस प्रचण्डजी । अहिले आंफै प्रधानमन्त्री हुन्छु भनेर कस्लाई तर्साएको ?' हामीलाई बेइमान गरेर दाहाल आंफै उदांगिंदै गएको उनले आरोप लगाए । एमाओबादीले सबैको आंखामा छारो हालेको ठानेको होला, तर त्यो धुलो उसकै आंखामा पर्छ भन्ने हेक्का भएन भने उ स्वंय राणा शासन र पंचायत पतन भए झैं पत्तासाफ हुने चेतावनी दिए ।

जेठ १४ गते महत्वपुर्ण दिन थियो, त्यो दिन ऐतिहासिक हुने बिश्वासमा हामी थियौं, तर एमाओबादीले रातारात षडयन्त्र गरेर संबिधानसभा बिघटन गरेको आरोप लगाउंदै सभापति कोइरालाले सर्बसत्ता लाद्न पुन: दाहाल प्रधानमन्त्री हुन खोजेको जिकिर गरे । निकै आक्रमक बनेका उनले भने,'अति गैरजिम्मेवार नबन एमाओबादीहरु हो, तिमीहरुको १० बर्षे शशस्त्र संघर्ष छोडेर प्रजातन्त्रको मुलधारमा आउनु पर्योनी ।' ठुला ठुला बंगलामा बसेर बि्रदोह र धम्कीको भाषा बोलेर नबोल्न उनले गुनासो पोखे । सक्छौं भने जंगल जान उनले एमाओबादीलाई चुनौती दिए । 'मलाई प्रधानमन्त्री दिने भनेर झ्क्याएा ठानेको होला', कोइरालाले एमाओबादी कमजोर र अबिश्वसनिय सावित भएको बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID