Friday 25 January 2013

सल्लाह नगरी आन्दोलनमा गएको भन्दै झोँक्किए प्रधानमन्त्री

रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले चलचित्रकर्मीहरुसँग शुक्रबार बिहान भेट गर्ने भएका छन् । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीले चलचित्रकर्मीलाई भेट्न बोलाएका हुन् । चलचित्र निर्देशक शिवजी लामिछाने, बलराम तिमिल्सिना, गणेश भण्डारी, केपी पाठक लगायतका चलचित्रकर्मीले बिहिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले सल्लाहा नगरी आन्दोलनमा गएको प्रति रोश प्रकट गरेका थिए । आफ्नै पार्टि सरकारमा रहेको समयमा सल्लाहा नै नगरी केही माओवादी निकट चलचित्रकर्मीहरु आन्दोलनमा गएको प्रति भट्टराइले जानकारी लिएका थिए । चलचत्रिकर्मीहरुसँगको भेटमा प्रधानमन्त्रीले तत्काल पुरा हुने मागहरु सल्लाहा गरेर अघि बढ्न सकिने र पुरा नहुने मागहरु जे गरेपनि नहुने भनाई राखेका थिए ।

चलचित्रकर्मीहरु प्रति आफु सधै नजिक रहेकाले आन्दोलनको जरुरी नभएको प्रधानमन्त्रीको भनाई रहेको श्रोतले अनलाइनखबरलाई बतायो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID