Monday 28 January 2013

आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउँछौं: कोइराला

नेपाली कांग्रेसका सभापति शुसील कोइरालाले सडक आन्दोलनबाट सरकारलाई घुँडा टेकाई छाड्ने बताउनुभएको छ ।

सहमतिका लागि तयार नहुने सरकार आन्दोलनको आँधीबेहरीबाट पाखा लाग्ने उहाँले दाबी गर्नुभयो । शहिद दिबसका अवसरमा सोमबार बाँकेको फत्तेपुरमा आयोजित कार्यक्रममा सभापति कोइरालाले सहमतिको मुख्य बाधक एमाओवादी भएका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको आरोप लगाउनुभयो । माओवादी डर, त्रास र धम्कीका भरमा सत्तामा टिकिरहन खोजेको भन्दै उहाँले सत्ता कब्जा गर्ने उसको चाहना दिवास्वप्न भएको समेत उल्लेख गर्नुभयो ।

कांग्रेस सभापति कोइरालाले जनतालाई दमन गर्ने माओवादी पतन भएर जाने समेत बताउनुभयो । उहाँले जनताको मन जितेर राजनीति गर्न माओवादीलाई आग्रह गर्नुभयो । माओवादी प्रेसप्रति अनुदार रहेको प्रष्ट भइसकेको बताउँदै उहाँले पत्रकारको आन्दालेनप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता मोहम्द अफताब आलमले माओवादीले नै मुलुकमा सहमतिको राजनीति तोडेको भन्दै विश्वासको वातावरण निर्माण गर्ने जिम्मा उसकै भएको बताउनु भयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID