Saturday 26 January 2013

जापानमा नेपाली विद्यालय संचालन गरिँदै

जापानमा नेपालीहरुको बढ्दो संख्यासंगै नेपाली बालबालिकाको संख्यामा पनि बृद्धि भइरहेको छ । तर उनीहरुलाई नेपाली स्वादअनुसारको शिक्षा दिन नसक्दा अधिकांशले छोराछोरीलाई नेपालकै होष्टलहरुमा राख्ने त कतिपयले आफन्तको जिम्मामा छाड्नुपर्ने अबस्था छ । जापानमा आफ्ना अभिभावकसँगै बसेर नेपाली पाठ्यक्रमअनुसार शिक्षा लिन पाउन भन्ने उदेश्यले अहिले जापानमा नेपाली बिद्यालय स्थापनाको तयारी भइरहको छ ।

अमेरिका, बेलायत लगायतका देशमा नेपाली भाषा र संस्कृति सिकाउन सिजनल कक्षाहरु संचालन हुने गरेको भएपनि बिद्यालयकै रुपमा पूर्ण नेपाली पाठ्यक्रममा आधारित शिक्षा दिने बिद्यालय मुलुक बाहिर खुल्न लागेको यो पहिलोपटक हो ।

प्राप्त जानकारी अनुसार विद्यालयको नाम, स्थान तथा भवन लगायतका कुराहरु निश्चित भईसकेको छ । जस अनुसार विद्यालयको नाम एभरेष्ट ईन्टरनेशनल स्कुल जापान रहने छ ।सो विद्यालय टोकियो, सुगिनामी-कु को आसागायामा स्थापना गरिने भएको छ ।

नेपाली बालबच्चाहरुलाई लक्षित गर्दै सुरु हुन गईरहेको उक्त विद्यालयमा प्रथम बर्ष नर्सरी (योचीएन)देखि कक्षा ३ सम्मको पढाई सञ्चालन हुनेछ भने, हरेक बर्ष कक्षा थपिदैं लगिने योजना रहेको ब्यबस्थापन पक्षले जनाएको छ ।

आफ्नै नेपाली कला, सँस्कृति र वातावारणमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय शिक्षा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको उक्त विद्यालयमा पाठ्यक्रम विकास केन्द्र नेपालको पाठ्यक्रममा आधारित पठन पाठन हुनेछ भने पढाईको माध्यम अंग्रेजी भाषा हुनेछ । यहि फ़ेब्रुअरीको दोश्रो हप्तादेखि बिध्यार्थी भर्ना प्रक्रिया शुरु हुने छ ।

साथै, विद्यालय स्थापना तथा संचालनका लागि आवश्यक पर्ने पुंजी संकलन कार्य प्रारम्भ भईसकेकोले आर्थिक लगानी गरी यस अभियानमा सहभागी हुन चाहने महानुभाबहरुका लगानीका लागि आह्वान गरिएको छ । विद्यालय स्थापना तथा संचालनमा ब्यापक सहभागिता रहोस भन्ने उदेश्यका साथ उक्त अवसर प्रदान गरिएको बिद्यालय स्थापनका अभियन्ताहरुले जनाएका छन् । थप जानकारीका लागि निम्न लिखित ईमेल तथा फ़ोन नम्बरमा सम्पर्क गर्न सकिने पनि बताईएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID