Sunday 20 January 2013

भट्टराई सरकारको राज्यसत्ता सम्हाल्ने हैसियत समाप्त

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केशीले हत्यारालाई संरक्षण गर्ने बावुराम भटराई नेतृत्वको सरकारलाई राज्यसत्ता संहाल्ने हैसीयत समाप्त भएको बताएका छन् ।

एमाओवादी जसरी हुन्छ राज्य सत्ता कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाउँदै केशीले भने, 'कुनै पनि हालतमा आगामी जेठमा पनि चुनाव हुन सक्दैन ।'

प्रेस युनीयन तेह्रथुमले शनिबार तेह्रथुमको म्याङलुङमा गरेको पत्रकार संम्मेलनमा बोल्दै केशीले माओवादीले अपराधीलाई कारबाही गर्नुको सट्टा राजनीतिकरण गरेको उल्लेख गरे ।

सोझा सिधा जनताको हत्या गरेर शासन चलाउन उद्धत रहेको माओवादी नेतृत्वको सरकारले तत्काल राजीनामा नदिए आन्दोलन बाटै भटराई नेतृत्वको सरकारलाई ढाली छाड्ने केशीको भनाइ थियो । नेपाल विद्यार्थी संघको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न केशी तेह्रथुम आएका हुन्  ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID