Sunday 20 January 2013

डिआइजी नै सौता बनिन्

८ माघ, काठमाण्डौं । अरुलाई न्याय दिलाउने नेपाल प्रहरीकी नायब महानिरीक्षक (डिआइजी) बिमला थापा नै कानुन विपरीत सौता पसेको खुलासा भएको छ । तीन सन्तानका बाबु केपी शर्मासँग ०४७ सालमा गोप्य रुपमा बिवाह गरेकी उनले २२ बर्षपछि पनि ‘यो विषयमा मलाई थाहा छैन्’ भन्ने प्रतिक्रिया दिएको सौर्य दैनिकमा खबर छ ।

डिआइजी थापा अहिले धापासीस्थित पाँचतले घरमा पतिसँगै बस्दै आएकी छन् । शर्माकी जेठी श्रीमती भने सामाखुसीस्थित पुरानै घरमा आफ्ना सन्तानसँगै बस्दै आएकी छन् । डिआईजी थापा पहुँचकै कारण शर्मालाई जेठी श्रीमतीसँग भेट्नसमेत नदिने गरेको स्रोतको दाबी छ ।

थापा अहिले पनि प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा प्रमुख छिन् । इन्स्पेक्टर हुँदा उनले शर्मासित प्रेम विवाह गरेकी थिइन् । उनीहरुको विवाह हुँदा शर्माको जेठीपट्टबिाट तीन सन्तान भइसकेका थिए ।

उनीहरु दुवै पहिले सामाखुसीमै बस्थे । सुरुमा थापाले शर्मालाई ‘दाई’ भन्थिन् । स्रोतका अनुसार थापा दाइ भाउजुको नाता लगाएर शर्माको घरमा आउजाउ गर्थिन । दुवैबीच प्रेमबसेपछि उनीहरुले ०४७ सालमा गोप्य बिबाह गरेका थिए ।

उनीहरुको प्रेम हुँदा शर्मा तत्कालीन शाही नेपाली वायुसेवा निगमको अन्तराष्ट्रिय उडानतर्फ ‘स्टेवर्ड’ पदमा कार्यरत थिए ।। थापा असई हुँदादेखि नै शर्मासँग चिनजान थियो । स्रोतका अनुसार तालिमका बेला पनि थापालाई भेट्न शर्मा महाराजगञ्जस्थित तालिम केन्द्रमा पुग्ने गर्थे । शर्मा विभिन्न उपहार सहित तालिम केन्द्रमा भेट्न पुगेपछि उनीहरुबीचको सम्बन्ध प्रगाढ बन्दै गएको थियो । थापा प्रहरीमा ३० चैत ०४० मा असइमा प्रवेश गरेकी थिइन् ।

इन्स्पेक्टर भएपछि थापा टाढिन खोजेपनि शर्माको ढिपीले उनीहरुको सम्बन्ध अघि बढेको थियो ।

जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नगरेका शर्मा र थापाका सन्तान जन्मेपछि मात्र आफन्तहरुले उनीहरुको विवाह भएको जानकारी पाएका हुन् । उनीहरुका पनि दुई सन्तान रहेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID