Sunday 20 January 2013

विद्यालयको खानेपानीमा विष हालियो

माझगाउँ (रसुवा), माघ ७ - विद्यालयको खानेपानी ट्याङीमा अज्ञात समूहले विष हालेको पानी खाएर आधादर्जन विद्यार्थी बेहोस भएपछि यहाँको एक निजी विद्यालयमा त्रास छाएको छ ।

हालै लहरेपौवा-९ माझगाउँमा रहेको सुरु भएको अंग्रेजी निमाविमा किप्लेस नामक औषधी हालिएको खानेपानी खाएर आधा दर्जन विद्यार्थी बेहोस भएका प्रधानाध्यापक प्रकाश घिमिरेले बताए ।

बेहोस भएका विद्यार्थीलाई नुवाकोट त्रिशूली अस्पतालमा उपचारपछि विद्यार्थीहरुलाई आ-आफ्नो घर लगेर जिम्मा लगाइएको प्रअ घिमिरेले बताए ।

'तिर्खा लागेको थियो,' कक्षा ६ मा पढ्ने यशोदा आचार्यले भनिन्, 'पानी खाएपछि वाकबाकी लागेर आयो ।'

विद्यार्थीहरु भकाभक डलेपछि विद्यालयले अस्पताल लगेर उपचार गएको प्रअ घिमिरेले बताए ।

'कस्तो कस्तो गन्ध आयो, कक्षा २ मा पढ्ने समिर आचार्यलेभने, 'पानी खाएको केही छिनपछि साहै्र गारो भयो ।'

कक्षा नर्सदेखि कक्षा ६ सम्मका पानी खाने अधिकांश विद्यार्थी विषादी  हालिएको पानी सेवन गरेको ५/१० मिनेटमा त्रास सिर्जना भएको प्रअ घिमिरेले बताए ।

पानी खाएपछि सुरुमा पेट पोल्ने, वाक्वाकी लाग्ने र पछि बेहोस् हुने लक्षण देखिएको शिक्षकहरुले बताए ।

खानेपानी ट्याङकीमा विषादी हालिएको उजु प्रहलाई दिएपनि अनुसन्धान र खोजी भैहरेको प्रहले जनाएको छ ।

'हामीले पानीलाई एग्रोभेटका औषधीको गन्धसंग मेल खाएपछि किप्लेस नामक औषधी हालिएको चाल पाएको हो,' प्रअ घिमिरेले भने अनि अस्पतालबाट पनि पुष्टि भयो ।

विद्यालयमा १ सय २४ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा विद्यार्थी र शिक्षकहरु समेत पानी खान डराउने गरेको प्रअ घिमिरेले बताए । विषादी कस्ले हालेको हो भन्ने सम्बन्धमा अभिभावक, विद्यार्थी र शिक्षकहरु खोजी रहेका छन् ।

उता प्रहले उजु दिएपनि त्यति वास्ता नगरेको आरोप विद्यालयको छ ।

निजी तथा आवासीय विद्यालाय अर्गनाइजेसन प्याव्सन जिल्ला कार्या समितिले विद्यालय जस्तो पवित्र मन्दिरमा कलिला बालबालिकामाथि विष हालेर जघन्य अपराध गरेको भन्दै घोर भत्र्सना गरेको छ । प्याव्सनले उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई स्थानीय प्रशासन र प्रह तुरुन्त कारवाही गर्न माग गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID