Sunday 27 January 2013

आमा बनिन् १३ बर्षकी बालिका

लमजुङमा १३ बषएकी एक बालिकाले बच्चा जन्माएकी छन् । खुदी गाविस घर भएकी एक बालिकाले आइतबार १३ बर्षमै बच्चा जन्माएकी हुन् ।

स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी बालिकालाई व्यथा लागेपछि आइतबार बिहान डाक्टर टेलिमेडिको अस्पतालको खुदीस्थित शाखा कार्यालयमा भर्ना गरिएको थियो ।

पेट दुखेको भन्दै चिच्याएपछि परिवारले उनलाई अस्पताल भर्ना गराएका थिए । तर, ती बालिका उमा गुरुङ (नाम परिवर्तन) को पेटमा बच्चा रहेको थाहा पाएपछि सामान्य अवस्थामा सुत्केरी गराइएको अस्पतालका निर्देशक डा. रवि गुरुङले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।
१३ बर्षमै आमा बनेकी बालिकाका अनुसार सातमहिने बच्चाको तौल झन्डै १ किलो रहेको छ । सुत्केरी भएपछि सदरमुकाम बेंसीसहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आमा र बच्चालाई ल्याइएको थियो । आमा र बच्चालाई थप उपचारका लागि आइबार साँझ पख नै चितवन लगिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID