Wednesday 23 January 2013

भारतका दर्जन ‘कोठी’ सञ्चालक नेपाली

भारतका विभिन्न शहरमा चर्चित एक दर्जन ‘कोठी’ नेपाली महिलाहरुले नै सञ्चालन गरिरहेको फेला परेको छ ।

दिल्लीको जीबीरोड र आग्रा, इलाहावादको मिरगन्ज, मेरठको कवाडीबजार, मुम्बईको भण्टाबारी कोलकत्ताको सानोगाछीमा नेपाली महिलाले नै घर भाडामा लिएर ‘कोठी’ सञ्चालन गरिरहेको खुलासा भएको हो । त्यहाँबाट उद्दार गरिएका पीडित र उद्दारका क्रममा पटक पटक पुगेका नेपाली र भारतीय संघ-संस्थाका प्रतिनिधिले त्यसको पुष्टि गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।

जीबीरोडको ५६ र ६४ नम्बरमा सञ्चालित चर्चित कोठी सिन्धुपाल्चोक र नुवाकोट घर भएकी साइली तामाङले सञ्चालन गरेकी छन् । बर्दिया र सुर्खेतको सिमानामा रहेको चेपाङवस्तीकी काजोलले पनि जीबीरोडमा कोठी सञ्चालन गरेको पाइएको छ ।

मिरगन्जमा भक्तपुरकी कविता, कवडीबजारमा नेपालको तराईमा घर रहेको बताउने जरिना, भण्टाबारीमा पूर्वी नेपाल घर बताउने सुष्मा नेपालीले कोठी सञ्चालन गरेका छन् । सोनागाछी र आग्रामा पनि कोठीमालिक नेपाली नै रहेका छन् ।

नेपाली चेलीहरुलाई यी कोठीहरुमा पुगेर पटक पटक उद्दार गरेका माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार जरिनाबाहेक सबै कोठी सञ्चालकहरुले नेपाली मै कुराकानी गर्ने गरेका छन् । कोठी म्यानेजर पनि नेपाली महिला नै धेरै रहेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID